राष्ट्रियसभा बैठकः ‘कृषकलाई समयमै मल उपलब्ध गराउ’

उज्यालो प्रतिनिधि ३१ श्रावण २०८२, शुक्रबार समाचार
काठमाडौँ, राष्ट्रियसभाको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने, ज्येष्ठ नागरिकले सहजै भत्ता पाउनुपर्नेलगायत माग गरेका छन् ।
बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले प्रतिवर्ष १५ लाख मेट्रिकटन मल आवश्यक  भए पनि तीन लाख मेट्रिकटन मात्रै उपलब्ध भएको तथा पाँच लाख मेट्रिकटन मल अवैध रुपमा भित्रिने गरेको भन्दै यस विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।
सांसद सुमित्रा विसीले बर्खायाम सकिन लाग्दा पनि रोपाइँ नसकिएको र प्रतिकिसान २५ किलो मल दिने भनिए पनि नपाएर खाली हात फर्कने गरेको उल्लेख गर्दै स्थायी रुपमा यो समस्या समाधान गर्न सरकारसँग माग गरे ।
सांंसद इन्दिरादेवी गौतमले बेरोजगारीका कारण युवामा मानसिक समस्या बढ्दै गएकाले मानसिक स्वास्थ्य उपचारतर्फ ध्यान दिन आग्रह गरे ।
सांसद जगप्रसाद शर्माले आयुर्वेद विज्ञानका हिसाबले नेपाल सम्भावना बोकेको देश भएको र २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयले आयुर्वेदिक शिक्षण अस्पताल सुरु गरी उपचार गर्दै आए पनि अहिलेसम्म कुनै दरबन्दी नहुँदा सेवा दिन समस्या भएकाले यसतर्फ ध्यान दिन सरकारसँग माग गरे ।
सांसद तुलसाकुमारी दाहालले मधेस प्रदेशमा कायमै रहेको दाइजोप्रथा र बालविवाह हटाउन आवश्यक रहेकामा जोड दिए ।
सांसद मायाप्रसाद शर्माले ज्येष्ठ नागरिकले उहाँहरु बस्दै आएको ठाउँबाट भत्ता लिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद शारदादेवी भट्टले कैलाली कारागारमा भएको घटनाप्रति खेद व्यक्त गर्दै १४० जनाको क्षमता भएको स्थानमा चार÷पाँच सय राख्दा यस्तो अवस्था आएको हुनाले देशभरका सबै जेलको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार