प्रचण्डको आह्वान : दलाल पुँजीवाद र आत्मसमर्पणविरुद्ध क्रान्तिकारी एकता आवश्यक

उज्यालो प्रतिनिधि ८ श्रावण २०८२, बुधबार उज्यालो फोकस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजमा गहिरिँदो दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आज आयोजित पुष्पलाल स्मृति दिवसको विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका मूल व्यक्तित्व पुष्पलाललाई स्मरण गर्दै सबै सच्चा कम्युनिष्टहरूलाई एकताको बाटोमा अघि बढ्न आग्रह गर्नुभयो।

“पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ। उहाँलाई मार्गदर्शक बनाएर क्रान्तिकारी मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो,” प्रचण्डले भन्नुभयो।

अध्यक्ष प्रचण्डले आफ्नो जीवनको प्रारम्भिक चरणमा पुष्पलाल समूहमार्फत पार्टी सदस्यता लिएको र जनयुद्धको समयमा पनि पुष्पलालप्रति सम्मानजनक दस्तावेज तयार पारेको अनुभव सुनाउँदै, क्रान्तिको मार्गमै आफू अडिग रहेको दाबी गर्नुभयो।

उहाँले संविधानसभा र शान्ति प्रक्रियासम्मको यात्रा स्मरण गर्दै भन्नुभयो, “नेपालको संविधानसभाको सम्भवना हामीले जनयुद्धको बलमा साकार पार्यौं। विचार मात्रै होइन, विद्रोहको बलले नै परिवर्तन सम्भव हुन्छ भन्ने प्रमाण नेपालमा देखिएको हो।”

वर्तमान समयमा सञ्चारमाध्यम र केही शक्तिहरूबाट भ्रम र निराशा फैलाउने प्रवृत्तिको आलोचना गर्दै प्रचण्डले जनतामा वर्गीय आशा पुनःजागृत गर्न क्रान्तिकारीहरूको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो।

“सर्वत्र निराशा छरिने प्रयास भइरहेको छ। हामीले चाहिँ जनतालाई फेरि वर्गीय उर्जाले भरिनुपर्छ भन्ने उद्देश्य राखेर अघि बढ्नुपर्छ,” उहाँको भनाइ थियो। अन्त्यमा अध्यक्ष प्रचण्डले दलाल पुँजीवाद र आत्मसमर्पणवादविरुद्ध संघर्षरत सबै क्रान्तिकारी शक्तिहरूलाई साझा मोर्चा बनाएर अघि बढ्न अपिल गर्दै भन्नुभयो, “कमरेड पुष्पलाललाई सच्चा सम्मान गर्न चाहने हो भने आजको आवश्यकता एकता र संघर्ष हो। म अझै पनि क्रान्तिकारी एकताको झण्डा बोकेको छु।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार