म्याग्दीको लुक्सीपारमा चालीस लाखको लागतमा खानेपानी आयोजना सम्पन्न, ४०० जना लाभान्वित

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०८२, बिहीबार उज्यालो फोकस

म्याग्दी। मालिका गाउँपालिका–३ स्थित लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत करिब रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। उक्त आयोजनाबाट करिब ४०० स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाले रु १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाले रु ९ लाख ९५ हजार ५०९, र स्थानीय उपभोक्ताले श्रमदानमार्फत रु ११ लाख ५३ हजार २५० बराबरको योगदान दिएर आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए।

चालु आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिका र नेवाको सहकार्यमा वडा नं. ३ का पात्ले, लुक्सीपार र डाँडागाउँमा गरी तीन वटा खानेपानी योजना निर्माण गरिएको वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए।

यी योजनाबाट डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुक्सीपार टोलमा बसोबास गर्ने करिब ४०० परिवारमा खानेपानीको पहुँच विस्तार भएको उनी बताए। वडाध्यक्ष बुढाका अनुसार यस आयोजनाले महिलाहरूको श्रम भार कम हुनुका साथै बालबालिकाको स्वास्थ्यमै सुधार ल्याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार