विपद्जन्य जोखिम न्युनिकरण गर्न पुर्व तयारी अभ्यास कालिकोटमा सम्पन्न

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०८२, आईतवार उज्यालो फोकस

डम्मर शाही ,कालिकोट । वर्षायाममा घट्ने विपद्जन्य जोखिमका घटनाहरुलाई न्युनिकरण गर्न पुर्व तयारी स्वरुप संचालित संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सुरक्षा समिति कालिकोटको आयोजना तथा जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकाय संगको समन्वयमा पुर्व तयारकार्यक्रम खाँडाचक्रको ताडी बसपार्कमा संचालन गरीएको थियो । कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको सभाअध्यक्षता, जिल्ला स्थित सम्पुर्ण स्थानिय तहका जनप्रतिनिधि जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरिक्षक डि.एस.पी टेक बहादुर रावत, अन्य सुरक्षा निकाएका प्रमुख, राजनितिक दल, सम्पुर्ण निकायका सुरक्षा कर्मी, निजामती कर्मचारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थाहरुमा उद्धारका काम गर्नमा सुरक्षा निकायको लामो इतिहास छ ।

जब–जब आपत आईपर्छ, तब–तब त्यस विपदबाट प्रभावित स्थानहरुमा परिवार तथा बालबालिकाहरुको जीवनरक्षाका लागि सुरक्षा निकाय तत्पर रहन्छ । बाढि, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा छ । यसलाई मध्यनजर गर्दै वर्षायाम सुरु हुनु पुर्वनै तयारी स्वरुप संचालित संयुक्त अभ्यास कार्यक्रम संचालन गरेको बताईएको छ । कार्यक्रममा विपतका घटनामा परेका मानिषको आकस्मीक उद्धार, उपचार लगाएत थुप्रै चरणहरुको बारेमा जानकारी गरीएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार