मिथिलानी सावित्री पर्वको तयारी

जलेश्वर। तराई, मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आउँदो सोमबार मनाइने सावित्री पर्वका लागि मिथिलानीहरू पूर्वतयारीमा जुटेका छन्। पतिको दीर्घायु र दाम्पत्य जीवनको सुखसमृद्धिका कामना गर्दै नवविवाहिता तथा विवाहित महिलाहरू नयाँ लुगा, चुरा–पोते, टिका–बिन्दी र मेहन्दी किन्न गाउँठाउँका हाट–बजार धाउने गरेका छन्। पर्वमा अनिवार्य बाँसको चोयाबाट बनेको पङ्खा र डालो पनि बजारमा निकै चलनमा छन्।

जलेश्वर नगरपालिका–१ स्थित हटियामा अहिले साँझपख महिलाको घुइँचो लागेको देखिन्छ। श्रङ्गारका पसल, वस्त्र–पोसाकका पसल र चुरापोते पसलहरूमा भीड बढेको छ।

बाबा जलेश्वरनाथ महादेवका मुख्य पूजारी उपेन्द्र पाठकले भने, “जेठ कृष्णपक्ष अमावस्याको दिन मनाइने सावित्री पर्वलाई यहाँ ‘बरसाइत पावइन’ भन्छन्। नवविवाहिताहरूले पहिलो वर्ष ससुरालीमै स्नान–भोजन गरी सोह्रश्रृङ्गार पठाउने चलन छ भने विवाहित महिलाहरूले घरमा नै पूजा–अर्चना र पतिलाई सेवा गर्ने परम्परा छ।”

सोमबार बिहान नवविवाहिताले रातो–पहेँलो पहिरनमा वरको रुखमुनि पतिको साथमा पूजा गर्नेछन्। यदि वर र पीपल दुवै उपलब्ध भए दुवै रुखअगाड़ी पूजा हुन्छ, नभए एक रुखअगाडि नै विधिपूर्वक पूजा गरिन्छ। पूजा गर्दा पत्नीका भाइले छाता ओढाएर सुरक्षा गर्दै उभिन्छन्।

विधिमा अंकुरी (चाना, मुंग, चामल), काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादका रूपमा चढाइन्छ। पूजा सकिएपछि पतिले रुख वरिपरि सात फेरा लगाएर पहेँलो–रातो धागो बेर्छन् र पत्नीले बाँसको पङ्खाले हावा दिन्छिन्।

त्यसपछि पत्नीले पतिको खुट्टा धोएर चर्नामृत पिउँछिन्। विवाहित महिलाहरू आफूमात्र नभएर पतिको अनुपस्थितिमा पनि विधि पूरा गरेर पूजा गर्छन् र घरमै पतिलाई पङ्खा चलाएर, आँपको प्रसाद खुवाएर, खुट्टा धोएर सेवा गर्छन्।

अग्निपुराणअनुसार उपवास गरेर वृक्षमुनि बसेर पूजा गरी, गीतगाउने र लोकनाच गरेर पनि यो पर्व मनाइन्छ। बिहानै नदी वा पोखरीमा स्नान गरी नयाँ साडी र सिन्दुरसहित वृक्षपूजा गरी महिला समूहमा गीत–नृत्य गर्ने चलन छ। भक्तिदेखि पार्वती, सावित्री र नागपूजासम्म भइरहने यस पर्वले मिथिलानी संस्कृति उजागर गर्छ ।

जलेश्वर–८ का पण्डित अनिल पाठकले बताए, “सावित्रीले सत्यवान्को जीवन फिर्ता ल्याउन गरेको पूजा अपूर्व उदाहरण हो।” मिथिलाञ्चलभरि सावित्रीको मङ्गलमय वातावरण सिर्जना गर्ने तयारी पूरा भएको छ।

 

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार