संरक्षणसँगै पर्यटकीय क्षेत्र विस्तार

शिवु खनाल २८ बैशाख २०८२, आईतवार समाचार

शिवु खनाल,देउखुरी। चरे पहाडको कालमा रहेको अजम्मरी ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन । ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे । अहिले अजम्मरी सामुदायिक वन उपभोक्ता समूह राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रम विकास समिति बुटवल इकाईको सहयोगमा तालको संरक्षणमा जुटेको छ । जैविक विविधता ग्रीनपार्कको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म संरक्षणमा कसैको ध्यान पुगेको थिएन । लामो समयदेखि अव्यवस्थित बनेको तालको संरक्षणसँगै अन्य संरचना बनाएपछि अहिले निकै व्यवस्थित ताल बनाउन अगाडि बढेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए । सामुदायिक वनले ताल र मन्दिर नजिकै शौचालय, खानेपानीको व्यवस्थापनसँगै घेराबार गर्ने तयारीका साथ अगाडि बढेको अध्यक्ष रिजालले बताए । उनले भने, ‘पहिले सुनसान थियो, निकै कम पर्यटक आउने गर्थे, अहिले पार्कको मुहारमा परिवर्तन ल्याउन सफल भयौँ, पार्कमा विभिन्न पर्यटकीय संरचना निर्माण ग¥यौँ, यहाँसम्म पुग्न सहज भएपछि धेरै पर्यटक पुग्न थालेका छन् ।’ ‘यसको प्रचारप्रसार र थप संरचना बनाउनका लागि लमही नगरपापलका, चुरेबाट हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएका छौँ ।’

घुमफिर र वनभोजको हुँदा बिदाका दिन सयौँ मान्छे ग्रीनपार्कमा पुग्ने गरेका छन् । स्थानीय शसिराम नेपालीले अहिले ताल ग्रीनपार्क राम्रो बनेको बताए । उनले केही वर्ष अगाडिसम्म नयाँ वर्ष, होली पूर्णिमालगायत पर्वमा पर्यटक यहाँ घुम्न आउने गरेकामा अचेल हरेक महिना पार्कमा आउने, फूलसँग रमाउने र फोटो खिच्ने गरेको नेपालीले बताए । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रम विकास समिति बुटवल इकाईले पर्यटन प्रवर्धनमा जोड दिएको छ । संरक्षण अभावमा रहेका ताल, पार्क र चौतारी पुनर्निर्माण गरेर पर्यटन प्रवर्धन गर्ने योजना बनाइएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रम विकास समितिका इञ्जिनियर प्रकाश बस्नेतले बताए । प्राकृतिक सौन्दर्यताले भरिभराउ संरक्षण र संवद्र्धनको अभावले देउखुरी क्षेत्रमा अवस्थित चुरेको एक प्राकृतिक अजम्मरी ताल ओझेलमा परेको थियो । ताल संरक्षणका लागि सम्बन्धीत निकायबाट पहल नहुँदा ताल पुरिँदै गएको अवस्था समेत थियो । ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण र प्राकृतिक सौन्दर्ययताले भरिभराउ उक्त ताल संरक्षणका लागि तीनै तहका सरकारहरु बेखबर जस्तै थिए । अहिले ग्रीनपार्कमा नयाँ ताल निर्माण सुरु गरिएको छ । चरा र पानी संरक्षणका लागि भन्दै पार्कको गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रम विकास समिति बुटवल इकाईको पन्ध्र लाख बजेटमा ताल निर्माण गर्न लागिएको हो । २०८२ असार १० भित्र निर्माण सम्पन्न गर्ने गरी अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले निर्माणको जिम्मा लिएको छ  । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रम विकास समिति बुटवलका इकाई प्रमुख रामकृष्ण राजखलाले पानीको स्रोत भए पनि लिकेज भइरहेकाले त्यसलाई संरक्षण गर्न नयाँ ताल निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार ताल आठ कठ्ठा क्षेत्रफलमा बनाइने छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित जैविक विविधता ग्रीनपार्कमा अजम्मरी ताल संरक्षण, टुङ्गे बगैँचा पार्क निर्माण, पार्क परिसरमा विभिन्न बासका प्रवेशद्धाराहरु निर्माण गर्नुका साथै छहारी बस्नका लागि वरपिपलसहितका चौतारी संरक्षण गरिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए ।
उनका अनुसार अहिले पार्क अवलोकन गर्ने नागरिकको घुइँचो लाग्ने गरेको छ । बिदाको समयमा पार्क अवलोकन मात्र दैनिक सात सय जनाले अवलोकन गर्ने गरेका जनाइएको छ । त्यहाँको हरियाली र मनमोहक दृश्य प्रमुख आकर्षण हो  ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीनपार्कमा दैनिक सात÷आठ सय नागरिकले अवलोकन गर्ने गरेका छन् । उनीहरूले फोटो खिच्ने र भिडियो बनाउने गरेका छन् । आन्तरिक पर्यटकको पहिलो गन्तव्यका रूपमा देउखुरीको जैविक विविधता ग्रीनपार्क, जखेराताल, कुलपानी लगायतका पार्कलाई लिन सकिन्छ । सामुदायिक वनले जीर्ण अवस्थामा रहेका संरचनाको पुनर्निर्माण गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नयाँ नयाँ पर्यटकीय संरचनाको निर्माणमा जोड दिएको हो । जैविक विविधता ग्रीनपार्कको अर्को प्रमुख पर्यटक गन्तव्यका रूपमा जंगल सफारी र भ्यूटावरलाई बनाउने तयारी भइरहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए । ग्रीनपार्क व्यवस्थित बनेसँगै दैनिक पार्क अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको छ । यसै गरी देउखुरी क्षेकै केन्द्र विन्दु मानिने लमही बजारलाई सुन्दर, सफा र हरियालीयुक्त शहर बनाउने दीर्घकालीन सोचका साथ हरितनगरका रूपमा विकास गर्न लागेको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताए ।

त्यसका लागि नगरपालिकाले एक घर एक बिरुवा कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाको यो नीतिले लमही नगरलाई हरियाली र सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिएको नगरपालिकाले जनाएको छ । यता लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले बजार क्षेत्रमा नयाँ घर निर्माण गर्नेले एक बिरुवा रोप्नैपर्ने नीति बनाउन आवश्यक रहेको बताउँदै वृक्षरोपण अभियान पनि चलाउन जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार विगतभन्दा लमही बजार सुन्दर, सफा तथा हरियाली बन्दै गएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार