देउखुरी उद्योग बाणिज्य संघ द्वारा सदस्यता बितरण तथा भित्तेपात्रो बिमोचन

शिवु खनाल १३ चैत्र २०८१, बिहीबार समाचार

देउखुरी उद्योग बाणिज्य संघले लमहीमा एक कार्यक्रमको आयोजना गरि आजिवन सदस्यता बितरण गरेको छ । साधारण सदस्य रहिरहेका तथा नया सदस्य गरि ९४ जनालाई आजिवन सदस्यता बितरण गरिएको हो । १३० जना आजिवन सदस्य पुर्याउने लक्ष्य रहेको बाणिज्य संघले जनाएको छ । कार्यक्रमको अबसर पारी नया भित्तेपात्रो पनि बिमोचन गरिएको छ । उद्योग बाणिज्य संघले नया बर्ष २०८२ को लागि तयार गरेको भित्ते पात्रोको बिमोचन पनि गरिएको हो ।

कार्यक्रममा बाणिज्य संघका पुर्ब अध्यक्ष लिलाराम खनालले समग्र ब्यापारीको हकहितका निम्ति उद्योग बाणिज्य परिवार सधै अग्रसर रहनुपर्ने कुरामा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खनालले सर्बसाधारणको पक्षमा पनि बाणिज्य संघ अग्रसर रही उनको पिडामा सहकार्य गर्नुपर्ने बताए । बाणिज्य संघलाई सहयोगी भावना सहित अघि बढाउन आफू सधै लागीपर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष केशबराज पोखरेलको स्वागत मन्तब्यबाट सुरु भएको कमर्यक्रममा दाङ जिल्ला औषधी ब्यबसायी समिती अध्यक्ष बिष्णु प्रसाद पौडेल, बाणिज्य संघका निबर्तमान अध्यक्ष खगेश्वर खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष कमल जँग सिँह ठकुरीको अध्यक्षतामा भएको हो भने सञ्चालन संघका महासचिब ईश्वर पोखरेलले गरेका थिए ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार