न्यून ‘भिजिबिलिटी’का कारण उडान प्रभावित

उज्यालो प्रतिनिधि २९ फाल्गुन २०८१, बिहीबार उज्यालो फोकस


काठमाडौं ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

आज दिउँसो १ बजेर ५ मिनेटमा एयर अरेबियाको जहाज अवतरण गर्न लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भएको छ। अवतरणका क्रममा नरेफाँटमाथि पुगेपछि ‘विन्ड सियर’ (हावाको गति नमिल्दा उत्पन्न हुने भुमरी) का कारण जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।

त्यसैगरी, नयाँ दिल्लीबाट आएको एयर इन्डियाको जहाज सिमरा आकाशमा चार फन्को मारेपछि बल्ल काठमाडौंमा अवतरण गर्न सफल भएको छ। यस्तै, बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केही समय होल्डमा परेको थियो।

यसअघि पनि जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज, कतार एयरवेज, एयर इन्डिया, बाटिक एयर, फ्लाई दुबईलगायतका अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड हुनुपरेको थियो। भैरहवा, धनगढी र पोखराबाट आएका आन्तरिक उडानहरू समेत कम भिजिबिलिटीका कारण प्रभावित भएका छन्।

विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार नेपालमा अहिले प्रि-मनसुन सक्रिय भएकाले प्रतिकूल मौसमी अवस्था सिर्जना भएको छ। न्यून भिजिबिलिटीका कारण मुख्य रूपमा अन्तर्राष्ट्रिय उडानहरू बढी प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय उडानका जहाजहरू काठमाडौं विमानस्थलको पश्चिमतर्फ ‘जिरो टु’ बाट मात्र अवतरण गर्नुपर्ने भएकाले समस्या झन् बढेको छ। आन्तरिक उडानका लागि भने दुवै दिशाबाट अवतरण गर्न सकिने हुँदा असर तुलनात्मक रूपमा कम देखिएको छ।

बुधबार राति काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। विशेष गरी कोशी, बाग्मती, र गण्डकी प्रदेशमा आज पनि अपराह्नतिर घाम गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार