कपिलवस्तु । अस्थिरताको पर्यायजस्तै बनेका नेपाल सरकारका उपसचिव एवं बुद्धभूमि नगरपालिका कपिलवस्तुका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीका कारण अस्तव्यस्त बनेको छ ।
कुनै पनि कार्यालयमा एक वर्ष सेवा दिन नसकेका पन्थीका कारणले बुद्धभूमि नगरपालिका समेत अस्तव्यस्त बनेको छ । यसको अर्को पात्र भने नगरप्रमुख केशव कुमार श्रेष्ठ पनि हुन् । श्रेष्ठले पनि नगरप्रमुखको रुपमा अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको आरोप छ ।
उपसचिव पन्थीले हालसम्म एकाधबाहेक कुनै पनि स्थानीय तहमा एक वर्षसम्म पनि सेवा प्रवाह गरेका छैनन् । ‘सोर्सफोर्स लगाउने, यता धाउने, उता धाउने कामै हो पन्थीजीको’ उनलाई नजिकबाट चिनिएका एकजना कर्मचारी भन्छन्, ‘अस्थिर पात्र हुन्, एक ठाउँमा बसेर स्थायीत्व प्रदान गर्ने खाले होइनन् ।’
यसअघि कपिलवस्तुकै वाणगंगा नगरपालिकामा पनि उनले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका थिए । पन्थी ९ महिनामै बागणगंगाबाट बिदा भएका थिए ।
यता बाह्रबिसे नगरपालिकामा पनि उनी धेरै टिक्न सकेनन् । भक्तपुरको चाँगुनारायण नगरपालिकामा बस्दा पनि उनले थिति बसाउनेभन्दा बिगार्ने काम गरेको आरोप छ ।
अहिले फेरि बुद्धभूमिलाई अस्तव्यस्त बनाएर अर्को स्थानीय तहमा जान उनले सरुवाका लागि लबिइङ थालिरहेका छन् ।
उता फेरि मेयर केशव श्रेष्ठले पनि आफ्नालाई काखी च्याप्ने नाममा कर्मचारीमाथि विभेदपूर्ण व्यवहार गरेको बुद्धभूमिका कर्मचारीहरु बताउँछन् ।






