नेपाल पुलिस क्लबलाई पराजित गर्दै ब्ल्याक बुल्सले उचाल्यो आहारारा पोखरा गोल्डकपको उपाधि

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०८१, शनिबार उज्यालो फोकस

पोखरा । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।

शनिवार पोखरा रंगशालमा भएको खेलमा सफल टोली पुलिसलाई ३-१ ले हराएर उज्बेकी क्लब पहिलो सहभागितामै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरे । पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।

यसअघि ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० र सेमिफाइनलमा५ पटकको विजेता थ्री स्टारलाई ४-० ले पराजित गरेको थियो ।

ब्लयाक बुल्सले पहिलो सहभागितामै आहारार पोखरा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको छ । कीर्तिमानी सातौं पटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिस भने फाइनलमा उज्बेकी क्लबसामु फिक्का रह्यो ।

आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन खेलाडीहरु समावेश गरेर बनाइएको अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।

पुलिसले खेलको तेस्रो मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो । क्रसमा प्राप्त बलमा अरुण गाहाको हेडर पोष्टमा लागेर फर्किएपछि अग्रता लिन चुकेको थियो ।

विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजारसहित आहाराराको आकर्षक ट्रफी प्राप्त गर्‍यो भने उपविजेता पुलिसले ६ लाख १ हजारमा चित्त बुझायो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार