तिलोत्तमालाई महिलामैत्री नगर बनाउने तयारी, यूएनओपिएसका प्रतिनिधिसँग नगरपालिकाले गर्यो छलफल

रुपन्देही (तिलोत्तमा)। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरलाई महिला मैत्री बनाउने भएको छ । जसका लागि संयुक्त राष्ट्रको परियोजना सेवा कार्यालय (यूएनओपीएस) ले पालिकामा परियोजना संचालन गरेर नगरलाई महिला मैत्री सहर बनाउनका लागि छनौट गरेको छ । नगरमा रहेका भूउपयोगी क्षेत्रमा महिला मैत्री सहर परियोजना मार्फत समावेशी र जलवायु प्रतिरोधी सहरीकरणका लागि उपयोगी जमिन व्यवस्थापन गर्न सहरी विकास मन्त्रालय र (यूएनओपिएस (महिलाका लागि सहरी परियोजना) का प्रतिनिधिहरुसँग नगरपालिकामा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

प्रतिनिधिहरुसँगको छलफल तथा अन्तरक्रिया पश्चात परियोजना मार्फत उपयोगी खाली जमिनहरु व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको तिलोत्तमा नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।‘महिला मैत्री नगर निर्माणका लागि यूएनओपिएसले तिलोत्तमा नगरपालिकालाई छनौट गर्नु नगरवासीको लागि खुशीको विषय हो’,उनले भने,‘यही मार्च १ तारिखदेखि लागु हुने गरी छिट्टै नै यूएनओपिएस र नगरपालिका कार्यालयबीच परियोजना समन्वय सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।’उनका अनुसार पालिकामा सन् २०२७ सम्म संचालन हुने परियोजना अन्र्तगत नगर क्षेत्रभित्रका खुला स्थानको सदुपयोग, खुला स्थान सम्बद्ध नीति निर्माणमा सहयोग, परियोजना निर्माण र संचालनमा क्षमता बिकास, जनपरिचालन, पूर्वाधार निर्माण र ज्ञानरसिकाई व्यवस्थापनमा सहयोग हुनेछ ।

उनले परियोजना संचालनका लागि नगरपालिकाले बढाएको सम्पर्क र समन्वय तथा विभिन्न चरणका बैठकबाट पालिका छनौट हुन सफल भएको बताए । उनले भने ‘एउटै परियोजना मार्फत पूर्वाधार निर्माण देखि ज्ञान सिकाई व्यवस्थापनमा सम्मको कार्य हुँदा पालिकावासीहरु लाभान्वित हुनेछन्।’रुपन्देहीका पालिकाहरु भन्दा आफुलाई फरक रुपमा स्थापित गर्न सफल भएको तिलोत्तमा नगरपालिकामा परियोजना संचालनले पालिकाको विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार