काठमाडौँ । गायक एंव संगीतकार राज कुमार दोङ तामाङलाई मातृशोक परेको छ ।
रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं ४ भ्वाँसा निवासी ठुलीकान्छी तामाङको निधन भएको हो । उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पताल, महाराजगन्जमा उपचारको क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
उनको आजै स्वयम्भुमा अन्तिम संस्कार गरिने जनाइएकाे छ ।