संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उहाँहरूबीच संसद् अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने सरकारको तयारी रहेको बताइएको छ । संसद् अधिवेशन सम्बन्धमा छलफल गर्न आजै अपराह्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार