ब्लुबुक जाँच गर्ने क्रममा निर्घात कुटपिट गर्ने प्रहरी निलम्बन, चितवनमा बन्यो छानबिन समिति

चितवन । प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। रातको समयमा सवारी चालक अनुमति पत्र र ब्लुबुक जाँच गर्ने क्रममा ती पिटाई खाने व्यक्तिले सडक किनारबाट ‘म फोन गर्छु, पर्खिनुस्’ भन्ने आवाज सुनिन्छ।

सो लगत्तै डिउटीमा खटिएका प्रहरीले झम्टिएर उनीमाथि लात्ता प्रहार गरेको भिडियोमा देख्न सकिन्छ। प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन्। तर प्रहरी पछि लाग्दै लात्तीले हानेर ती व्यक्तिलाई बिजुलीको पोल छेउमा लडाउँछन्।

‘ए फोन गर्छस्? कस्लाई फोन गर्छस? पावर लगाउँछस्?’ भन्दै ती व्यक्तिलाई भुइँमा लडाएर कम्मरमुनीको भागमा लात्तै लात्ताले हानेको भिडियोमा प्रष्ट देखिन्छ।

यो भिडियो चितवनको भरतपुर महानगरपालिका बाइपास रोड क्षेत्रको हो। सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २४/२५ वर्षका जस्तो देखिने एक पुरुषलाई प्रहरीले गरेको निर्घात कुटपिटको भिडियो भाइरल भएपछि सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए।

एसपी मिश्रका अनुसार घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। ती प्रहरीलाई निलम्बन समेत गरिएको छ ।

‘घटना भएको लोकेसन भेरिफाइ गरिरहेका छौँ,’ उनले भने, ‘भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउनेछौँ। घटनाबारे आवश्यक अनुसन्धान गरेर कुटपिट गर्ने प्रहरीमाथि नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने छौँ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार