पोशाक दिवसको अवसरमा पत्रकार नवराज बजगाई अभिनन्दित

पाटन १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा अग्रज सञ्चारकर्मी नवराज बजगाई अभिनन्दित भएका छन । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज श्रष्टा सम्मान तथा अभिनन्दन समारोहमा बजगाईलाई राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान–२०८१ द्धारा अभिनन्दित गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय बद्री पाण्डे र प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यद्वारा हस्ताक्षरित अभिनन्दन–पत्रलाई राष्ट्रिय मदेश आयोग अध्यक्ष प्रा.डा. बिजय कुमार दत्त, दलित आयोग अध्यक्ष प्रा. डा. देवराज विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मालगायतले प्रदान गरेका हुन । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई राष्ट्रको श्रीवृद्धि तथा राष्ट्रको शिर उच्च राख्न अनवरत गरेको सत्कर्मको उच्च सम्मान र पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत अभिनन्दन गरिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

पत्रकार महासंघ काभ्रेको सल्लाहकार र उपाध्यक्ष तथा प्रेस चौतारी काभ्रेको अध्यक्ष र आठ वर्ष केन्द्रिय सदस्यसम्म भएर सक्रिय रहेका बजगाई हाल प्रेस चौतारी काभ्रे, अनलाईन मिडिया सञ्जाल र काभ्रे प्रेसका सल्लाहकार तथा नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷सम्पादक रहेर सक्रिय पत्रकारिता गरिरहेका छन । काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, का बजगाई यसअघि पनि बिभिन्न संघ संस्थाबाट सम्मानित भै सकेका छन ।

सोहि अवसरमा अग्रज श्रष्टाहरु प्रा.डा. राजेन्द्र बिमल, प्रा.डा. वीणा पौड्याल, राष्ट्रिय गानका प्रणेता ब्याकुल माइला, विशिष्ट साहित्यकार मोहन दुवाल, अग्रज सञ्चारकर्मीहरु अखण्ड भण्डारी, गोपीकृष्ण ढुंगाना, त्रीभुवनचन्द्र वाग्ले, प्रकाश सुवेदी, दिलिप ढकाल, प्रशान्त माली, सर्जक÷संगितकार राजेन्द्र बजगाई, युवा अभियन्ता चक्र बहादुर चन्दलगायतलाई पनि सम्मानित गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार