बाढी पहिरोका कारण खानीखोलामा एकको मृत्यु, २६ घरमा पूर्ण क्षति

उज्यालो प्रतिनिधि १३ आश्विन २०८१, आईतवार उज्यालो फोकस

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा अविरल वर्षातसँगैको बाढी पहिरोका कारण एकजनाको मृत्यु भएको छ ।

बाढीले बगाएर बेपत्ता भएकी खानीखोला गाउँपालिका वडा नं. ०६ निवासी देवी माया सिंतानको शव हरिहरपुरगढी गाउँपालिका सिन्धुलीमा भेटिएको छ । ‘हरिहरपुरका अध्यक्षज्युले शव भेटिएको खबर दिनुभएको छ’ उद्धार र राहत वितरणमा सक्रिय खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले उज्यालो नेटवर्कसँग भने ।

अध्यक्ष थिङका अनुसार खानीखोला गाउँपालिकाका २६ घरधुरीमा पूर्ण रुपमा क्षति भएको छ । गाउँपालिकाको वडा नं. ५ मा ११ घर, वडा नं. ६ मा ८ घर, वडा नं. १ र २ मा २ घर, वडा नं. ७ मा ३ घर गरी २६ घर पूर्ण रुपले क्षति भएको छ । चौपाया र अन्य क्षतिको विवरण भने आउन बाँकी छ ।

यससँगै बाढी पहिरोका कारण गाउँपालिकाका सडक सञ्जाल पूर्ण रुपमा ध्वस्त भएको छ । ‘सडक सञ्जाल पूरै ध्वस्त बनेको छ’ अध्यक्ष थिङले भने, ‘बालीनाली र अन्य क्षतिको त हिसाब नै छैन ।’

उनका अनुसार तीन दर्जनभन्दा बढी सिँचाई र खानेपानीको आयोजना समेत क्षति भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार