लमही—कोइलाबास हुलाकी सडक मापदण्ड बमोजिक ३० मिटर बाटो कायम गर्ने बेला कोही पूर्णरुपले भुमिहिन हुने अवस्था देखिएमा त्यसको सही लगत कायम गरि त्यस्तो भुमिहिन हुनेहरुको उचित व्यवस्थापनको लागि समेत स्थानिय सरकार समक्ष नेपाली कांग्रेल लमही नगर समिति जोडदार माग गरेको छ ।
लमही—कोइलाबास हुलाकी सडकको मापदण्ड बमोजिक ३० मिटर बाटो कायम गर्ने प्रक्रियाका लागि सडक विभागको ३५ दिने सुचना प्रकाशित भएको र सो सम्बन्धमा विभिन्न क्रिया प्रक्रिया आइरहेको सम्बनधमा नेपाली कांग्रेस नगर समिति लमहीको ध्यानाकर्षण भएको भन्दै कोइलावास सडक क्षेत्र खाली गराउने अभियानमा नेपाली कांग्रेल लमही नगर समितिको पूर्णरुपमा साथ रहने विज्ञाप्ती मार्फत जानकारी गराएको छ । बिहिवार नेपाली कांग्रेल लमही नगर समितिका सभापती सन्तोष बुढाथोकीको हस्ताक्षर सहितको विज्ञाप्ती मार्फत जानकारी गराइएको हो ।
विकासको महत्वपूर्ण पूर्वाधार सडक संरचना भए बमोजिम बजार क्षेत्रमा अत्यन्त साघुरो रहेको सडकलाई मापदण्ड बमोजिक फराकिलो गरि सुन्दर बनाउने सडक विभागको ढिलो गरि आएको प्रयास स्वागत योग्नै रहको विज्ञाप्तीमा उल्लेख गरिनुका साथै यसका लागि नेपाली कांग्रेस लमही नगर समिति आवश्यक सम्पूर्ण सहयोग र समन्वयका लागि तयार रहेको विज्ञाप्तीमा जनाइएको छ ।
जुनसुकै विकास निर्माण पनि मानव जातीकै हितमा केन्द्रीत हुनुपर्ने मान्यता बमोजिम विकास निर्माणका सन्दर्भमा आउने मानविय सामाजिक अफ्ठ्रो समेत लाई मध्यनजर गर्नुपर्ने हुन्छ, जिवनको अमूल्य समय खर्चेर पसिना बगाई आफ्नो हक अधिकारको जग्गामा बनाइएका आफु बस्ने भौतिक संरचनाहरु विकास सन्दर्भमा भत्काउनु पर्ने हो भने त्यसको उचित क्षतीपुर्ती पाउनु पर्ने सम्बन्धीतको चाहाना मात्र नभइ अधिकार र आश्यकता पनि हो भन्ने नेपाली कांग्रेस लमही नगर समितिको ठम्याई छ, विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी लामो समयदेखि प्रभाविद रहेको उद्योग, व्यापार, चाड पर्वको मुखमै थप प्रभाभित हुने अवस्था आउन नदिनका लागि प्रकाशित सुचनामा थप गरि न्यूनतम दशैँ तिहारपछि मात्र प्रक्रिया अगाडि बढाउन समेत नेपाली कांग्रेस नगर समिति सम्बन्धीत कार्यालय समक्ष अनुरोध विज्ञाप्ती मार्फत उल्लेख गरिनुका साथै देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।