यू–१९ महिला विश्वकप क्वालिफायर : २९ नेपाली खेलाडी बन्द प्रशिक्षणमा

शिवु खनाल ३१ भाद्र २०८१, सोमबार समाचार

देउखुरी । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला विश्व एसिया क्वालिफायरको तयारी तथा खेलाडी छनोटका लागि २९ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानले सोमबार पहिलो चरणको बन्द प्रशिक्षण क्याम्पमा २९ खेलाडी बोलाएको हो । आईसीसी यू–१९ महिला विश्व एसिया क्वालिफायरको तयारी तथा खेलाडी छनोटका लागि सोमबार देखि लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियममा पहिलो चरणको बन्द प्रशिक्षण क्याम्प सुरु भएको हो । बन्द प्रशिक्षण भदौ ३१ गतेदेखि दाङको लमहीमा १५ दिनसम्म सञ्चालन हुनेछ । पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा बोलाइने नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरले जानकारी दिनुभयो । यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया क्वालिफायर सन २०२४ को नोभेम्वरमा युएईमा हुने तय भएको छ । त्यसैगरी यू–१९ महिला विश्वकप सन् २०२७ मा नेपालमा आयोजना हुनेछ । यस विश्वकपमा १४ देशको सहभागिता रहनेछ ।

नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष एवम् अन्तराष्ट्रिय अम्पाएर संजय गुरुङ्का अनुसार केही खेलाडी यसभन्दा पहिले नै छनोट भइसकेका छन् भने केही जिल्ला वा प्रदेशबाट उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई पनि प्रशिक्षणमा सहभागी गराइने बताउनुभयो । त्यसका लागि नेपाल क्रिकेट संघले आफैं छनोट प्रक्रिया गर्ने छ, उहाँले भन्नुभयो । पहिलो चरणको बन्द प्रशिक्षण खेलमा विराटनगरबाट प्रमुख प्रशिक्षणको रुपमा महेश रिजाल आइपुग्नु भएको छ । नेपाल क्रिकेट संघको भदौ १३ गते बसेको केन्द्रीय समितिको बैठकले दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियममा प्रशिक्षण खेल राख्ने निर्णय गरेको हो । संघको निर्णयले लमहीका बासिन्दामा खुसी छाएको छ । १२ करोड लागतमा निर्माण भएको यो मैदान खेल नहुँदा घाँससहितको अत्याधुनिक मैदान गौचरन बनेको थियो । ५०० दर्शक क्षमताको (जी स्ट्यान्डर्ड) भीआईपी स्ट्यान्ड, आउटफिल्ड, बाउन्ड्री, क्रिजहरू, स्टम्प र बेल्स, साइट स्क्रिन, र डगआउट÷पविलियन जस्ता सबै संरचनाहरू निर्माण सम्पन्न भइसकेको लमही नगर विकास समितिका सब–इञ्जिनयर तुलसीराम अर्यालले बताउनयो ।

यद्यपि, प्यारापिट, भारोत्तोलन एकेडेमी, र सुटिङ रेञ्ज जस्ता संरचना बने पनि प्रयोगविहीन बनेको थियो । करोडौंको खेल पूर्वाधार तयार हुँदासमेत लमहीका खेलप्रेमी र खेलाडीको उत्साह निराशामा परिणत हुँदै आएको थियो । देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियमको दुरावस्था देखेर जो कोही पनि निराश हुने गरेका छन् । आठौं राष्ट्रिय खेलकुदका बेला महिला क्रिकेटको आयोजना भए पनि त्यसपछि मैदान खेल कुर्दै आएको थियो । लमही नगर विकास समितिको स्वामित्वमा पूर्व–पश्चिम राजमार्गसँगै सटेको चार बिघा क्षेत्रफलमा नगर विकासको दश करोड र युवा तथा खेलकुद मन्त्रालय तथा लुम्बिनी प्रदेश सरकारको न्यून लागतमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान निर्माण भएको हो । खेल पूर्वाधार भए पनि राज्यको ध्यानाकर्षण नहुनु र खेल हुन नसक्नु दुःखद रहेको स्थानीयहरूले बताएका छन् । ९औं खेलकुद प्रतियोगिता वि.सं.२०७७ मा कोरोना महामारीका कारण हुन सकेन । स्टेडियम भित्र आवश्यक पूर्वाधार बनेपछि पनि एकपटक पनि प्रयोगमा आएका छैनन् । देश संघीय संरचनामा गइसकेपछि पनि सुविधा सम्पन्न मैदान प्रयोग नहुनुले स्थानीयमा निराशा उत्पन्न भएको थियो । तर, बन्द प्रशिक्षणले फेरि उत्साह जगाउन थालेको छ । चार वर्षको अवधिमा मात्र महिला क्रिकेट खेल प्रतियोगिता सञ्चालन भएको छ ।

नियमित अभ्यास र प्रतियोगिता नभएपछि क्रिक्रेट स्टेडियम अस्तव्यस्त बनेको थियो । नगर विकास समितिले नवनिर्मित संरचना क्यानलाई लिजमा दिने वा स्थानीय वा संघ मातहत राख्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन । स्वामित्व हस्तान्तरण नहुँदा क्यानले लिन नमान्दा मैदान अन्योलमा रहेको स्रोतले जनाएको छ । क्रिकेट मैदानलाई खेलाडीमैत्री बनाई नियमित प्रतियोगिता सञ्चालनको वातावरण बनाउन खेलाडी तथा खेलसँग सम्बद्धहरूले माग गरेका छन् । जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले नियमित खेल र अभ्यासका लागि पहल गरिने बताएका छन् ।

बन्द प्रशिक्षणमा पर्नुभएका महिला खेलाडीहरु

क्यानले बन्दप्रशिक्षणका लागि बेलाएको खेलाडीहरुमा सोनि पाख्रिन, एली यादव, मनिषा उपाध्याय, करिश्मा गुरुङ्, बिपिसा शाही, पूजा साउद, सना प्रविन, प्रतिमा साह, स्नेहा महरा, सावित्रा धामी, अनु कठायत, मनिषा बोहरा, करिश्मा थापा, रविना साउद, किरण कुमारी कुँवर, तिर्सना विक हुनुहुन्छ । यसैगरी रिया शर्मा, एलिसा कुमारी यादव, भवानी कमाती, आरती महतो, पूजा महतो, कुसुम गोदार, सिमाना केसी निरु जिटी, आश्मा मगर, सरिना थापा, ज्योत्स्निका मरासिनी, रचना चौधरी र सुष्मिता भुषाल पनि बन्द प्रशिक्षणमा पर्नुभएको छ ।।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार