ज्यान जोखिममा पारेर पढ्न जान्छन् विद्यार्थी

शिवु खनाल ३१ भाद्र २०८१, सोमबार समाचार

देउखुरी । भारतसंग सीमा जोडिएको दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ शिवशक्ती मा.विमा कक्षा दश मा अध्यनरत सृष्टि खत्री पानी परेको बेला अभिभावकको सहयोग विना विद्यालय जानै सक्नुहुन्न । किनकी विद्यालय पुग्न भौवाखोला पार गर्नुपर्छ । अरु बेला सहजै पार गर्न सकिने भौवाखोला पानी पर्ने बित्तिकै उर्लिएर आउँछ । उर्लिएर आएको खोला ज्यानको बाजी लगाएर सृष्टिजस्ता विद्यार्थीहरु पढ्न जान्छन् । ‘बर्खा लागेपछि सधैं बुबाले खोला तारिदिनुपर्छ, एक्लै त खोला तर्न नै सक्दिनँ, सृष्टिले भन्नुभयो,–। ‘जुत्ता फुकालेर बुबाको सहायतामा खोला तर्नुपर्छ । खोला तार्ने कोही नभए विद्यालय जानै सकिँदैन ।’ सृष्टि त जसोतसो अभिभावकको सहायताको खोला तर्ने गर्छिन् । तर ससाना विद्यार्थी खोला बढेपछि विद्यालय नै जाँदैनन् । ‘छोराछोरीलाई विद्यालय पठाएर आमाबुबा मेलामा जानुहुन्छ । सधैंजसो हामीले नै तार्न आउनुपर्छ, शिवशक्ति मा.वि.भौवानाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल खड्काले भन्नुभयो,–। ‘ठूला कक्षाका विद्यार्थी त हाम्रो मद्दतमा जसोतसो तर्छन्, तल्लो कक्षाका विद्यार्थीहरु खोला तर्नुपर्छ भन्ने डरले विद्यालय नै आउँदैनन् ।’ शिवशक्ति मा.वि.का आधा विद्यार्थीले गाउँमा रहेको भौवाखोला पार गर्नुपर्ने बाध्यता रहेको छ ।

उक्त खोलामा पुल निर्माणका लागि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गर्दा पनि पुल निर्माण नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल खड्काले बताउनभयो । उहाँले भन्नुभयो,–। ‘चुनाव जिताएर नेताहरुलाई फूलमाया लगाउँदै पठाउँदा अहिलेसम्म केही भएन । यो समस्याको कुरा सुनाउँदा सुनाउँदा हिउँद लाग्छ, अनि समस्या हराउँछ । फेरि बर्खा लाग्छ अनि त्यही समस्या सुरु हुन्छ ।’ गाउँमा रहेका खहरे खोला र भौवाखोला जोड्ने बीचमा कल्र्भट हालिएको छ । बर्खायाममा खोला बढेपछि कल्र्भट माथिबाट नै खोला बग्ने गर्दा समस्या आएको हो । समस्या समाधानमा चासो नदिएको भन्दै स्थानीयबासिन्दा राजनीतिक दलका नेताप्रति आक्रोशित छन् । स्थानिय श्यामबहादुर झँक्रीले भन्नुभयो,–। ‘ठूला ठूला गाडी चढेर हिंड्ने नेताहरुले हाम्रो समस्या कहिले देखेनन् । भोट माग्ने बेला मात्र अनुहार देखाउँछन् । त्यसपछि कता जान्छन् कता ?’ शिवशिक्ति मा.वि.का प्रधानध्यापक लिलाधर विकको वर्खाको समयमा विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने दैनिकी नै बनेको छ । विद्यालय जाने बाटोमा पर्ने भौवा खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उहाँको दैनिकी हो ।

विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ विकले बताउनुभयो । विसं २०७१ बाट शिक्षण पेशामा लागेका ४४ वर्षीय विक करिब दशवर्ष अगाडि तुलसीपुरदेखि करिव ६७ किलोमिटर राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका स्थित शिवशक्ति मा.विमा सरुवा भएर आउनु भएको हो । उहाँले भन्नुभयो,–। नत घर पाएक विद्यालय पाइयो, त्यही माथि विद्यार्थीको सुरक्षाका कारण भिजेकै कपडामा पढाउन बाध्य छु ।’ खोला तारेर विद्यालय पु¥याइएका विद्यार्थी पढ्ने विद्यालय भवन पनि भौवाखोलाको जोखिम भइसकेको छ । वर्षामा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले बताउनुभयो । कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नआउने गरेको उनको भनाइ छ । उहाँले शिवशक्ति मा.वि.मा आइसकेपछि वडा कार्यालय, गाउँपालिका र मन्त्रालयसम्म विद्यालय भवन र पुलको विषय लिएर पटकपटक अनुरोध गर्न पुगेको बताउनुभया । यता स्थानीय जनप्रतिनिधिले विद्यार्थीले ज्यानकै माया मारेर खोला तर्नु पर्ने ठाउँमा पक्की पुल बनाउन पहल भइरहेको बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार