खानीखोलामा कांग्रेस–एमालेका दर्जनौँ कार्यकर्ता माओवादी प्रवेश

उज्यालो प्रतिनिधि ३० भाद्र २०८१, आईतवार उज्यालो फोकस

काभ्रे । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकास्थित नेपाली कांग्रेस र नेकपा एमालेमा वर्षौदेखि सक्रिय कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

शनिबार खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुंगामा आयोजित एक कार्यक्रमका बीच कांग्रेस र एमालेमा सक्रिय दर्जनौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र प्रवेश गर्नेहरुमा खानीखोला–०४ निवासी कांग्रेसमा क्रियाशील धन बहादुर गोले, उर्मिला मोक्तान वाइबा, कान्छी मायाँ जिम्बा, छली मायाँ स्याङ्तान, सुरज स्याङतान, वडा नं. १ निवासी आशाकाजी गोले र एमालेमा संगठित रहरसिंह ब्लोन छन् ।

नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ लालध्वज, संविधानसभा सदस्य डिल्लीमान तामाङ, माओवादी केन्द्र बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ छिन्ताङ लगायतले टीका र खादा लगाएर स्वागत गरे ।

‘एमाले र कांग्रेसबाट विकास र समृद्धि सम्भव छैन’ नवप्रवेशीहरुलाई स्वागत गर्दै पूर्वमन्त्री दोङले भने, ‘एमाले र कांग्रेस मुक्त गाउँ बनाएर मात्रै यो गाउँको विकास सम्भव छ, यो गाउँ र ठाउँ समृद्ध बन्न सम्भव छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार