डाँडागाउँका १ सय ७८ घरमा ‘एक घर एक धारा’ जडान, अध्यक्ष थिङले भने, ‘चुनावी वाचा पूरा गर्यौ’

उज्यालो प्रतिनिधि १० भाद्र २०८१, सोमबार उज्यालो फोकस

काभ्रे । जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने साविकका डाँडागाउँ गाविसका १ सय ७८ घरधुरीमा एक घर एक धारा जडान भएको छ । खानीखोला गाउँपालिका वडा नं. ३ र ४ को आयोजनामा आइतबार भव्य कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले उक्त धाराको उद्घाटन गरे ।

सदियौँदेखि खानेपानीको हाहाकारमा कष्टकर जीवन बिताइरहेका यहाँका नागरिकको घरमै २४सैँ घण्टा स्वच्छ खानेपानी उपलब्ध हुने सुनिश्चिततासहित एक घर एक धारा खानेपानीको उद्घाटन भएको हो । खानीखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेह्वा)को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा ‘एक–घर, एक–धारा’ निर्माण भएको थियो ।

अध्यक्ष थिङ नेतृत्वको जनप्रतिनिधिले गाउँपालिकाका सबै घरधुरीमा एक घर एक धारा जोड्ने लक्ष्य अगाडि बढाइरहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष थिङले निर्वाचनको क्रममा मत माग्दै गर्दा आफूहरुले गरेको वाचा पूरा गरेको बताए । ‘यहाँ धारासहित पानी लिएर आउँछौँ भनेर चुनावमा भनेका थियौँ’ उनले भने, ‘तपाईहरुसँग गरेको वाचा पूरा गरेका छौँ ।’

अध्यक्ष थिङले थपे, ‘अब स्वच्छ र सफा खानेपानी यो २ वर्षकै अवधिमा करिब ७ सय घरधुरीमा पुगेको छ । यो खानीखोला गाउँपालिका भित्र २४ सय घरधुरी छ । मेरै कार्यकालभित्र सबै घरधुरीमा खानेपानीको व्यवस्था गर्ने प्रयत्न म गर्ने छु ।’

बाह्रै महिना गाडी चल्ने सडक, विद्युतिकरण, खानेपानी लगायतका विषयमा आफू गम्भिर भएर लागेको बताउँदै उनले निर्वाचनको क्रममा आफूले गरेको वाचा ५० प्रतिशत पूरा भएको समेत उनको भनाई थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिव दैवलाल घिसिङ, ५ नं. वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तान, ४ नं. वडा अध्यक्ष निशान मोक्तान, ३ नं. वडा अध्यक्ष सागर जिम्बा, नेह्वा खानेपानीका सिनियर आयोजना निरिक्षक महेश अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय सहकोषाध्यक्ष बुद्ध लोप्चन, समाजसेवी एवं युवा नेता राजन अधिकारी, गाउँपालिकाका शिक्षा सहजकर्ता होम बहादुर वाईबा लगायतले मन्तव्य राखेका थिए ।

डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा सो कार्यक्रम आयोजना सहजकर्ता जीवन घिसिङले आयोजनाको आयव्यय प्रस्तुत गरेका थिए ।

उनका अनुसार सो आयोजना सम्पन्न गर्नका लागि नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को तर्फबाट १ करोड २५ लाख ८ हजार रुपैयाँ, गाउँपालिकाको तर्फबाट ४९ लाख ८ हजार ९ सय ५७ रुपियाँ, जनश्रमदानबाट २४ लाख ७६ हजार ५ सय ५० गरी जम्मा १ करोड ७६ लाख ८३ हजार ५ सय ३१ रुपैयाँ लागतमा सो कार्य सम्पन्न भएको थियो ।
सो आयोजनाबाट खानेपानीको निक्कै अभाव रहेका वडा नं. ३ का आहाले जुरे, भाङ्टार, सौरे र चित्रे र वडा नं. ४ का डाँडागाउँ, बाँसघारी, सिरुटारका जनता लाभान्वित भएको घिसिङले जानकारी दिए ।

२०४४ सालमा तत्कालीन प्रधानपन्च बुद्धिलाल जिम्बाको पहलमा बागमती जलाधारबाट बजेट माग गरी खानेपानीको ब्यबस्था गरेको थियो । तर निक्कै जिर्ण अबस्थामा पुगेपछि २०७९ सालमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहकार्यमा गाउँपालिकाको साझेदारीमा शुरु भएको थियो । जेष्ठ महिनमै उद्घाटन हुनुपर्ने सो आयोजना तयारी अभावका कारण उद्घाटन गर्न नसकेको आयोजकले बताएको छ । घरघरमा खानेपानी पुगेपछि स्थानीय खुशी भएका छन् ।

कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष कान्छो जिम्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार