वाइसियल राजपुरको अध्यक्षमा बस्नेत निर्वाचित

शिवु खनाल ९ भाद्र २०८१, आईतवार समाचार

देउखुरी । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग नेपाल (वाइसियल) राजपुर गाउँपालिका अध्यक्षमा दिप बस्नेत निर्वाचित हुनु भएको छ । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसियल) नेपाल राजपुर गाउँ कमिटीको गठन गरेको छ ।

शनिबार राजपुरको भेला कार्यक्रममा दिप बस्नेतको संयोजकत्वमा २८ कमिटी गठन गरेको हो । भेलाले नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लागि नेपाल वाइसियल राजपुर गाउँपालिकाको इञ्चार्जमा तिलक राना, उपाध्यक्षमा सुबास चन्द्र यावद, सचिवमा सोमराज खत्री, सह–सचिवमा रमेश यादव, कोषाध्यक्षमा सुरेश चौधरी निर्वाचित हुनु भएको छ ।

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लागि नेपाल वाइसियल राजपुर गाउँपालिका अध्यक्ष दिप बस्नेतको अध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटि सदस्य अमर कुवर (नवीन) को प्रमुख अतिथि तथा योङ कम्युनिष्ट लिग नेपाल वाइसियल दाङ जिल्ला अध्यक्ष माधब बुढाथोकीको विशिष्ट अतिथिमा सम्पन्न भेलाले बस्नेतलाई अध्यक्षमा सर्वसम्मत् रुपमा चयन गरेको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटि सदस्य अमर कुवर (नविन)ले नेपाल युवा र जनातको मुद्धामा सम्बेदनशिल हुनुपर्ने बताउनुभयो । युवाहरुले अब संगठन र देशको नेतृत्व लिनुपर्ने बिषयमा बिज्ञता हासिल गर्नुपर्नेमा नविनको जोड थियो ।
वाइसियल नेपाल मात्रै आम जनताका मनमा बसेको संगठन भएका कारण हामीले उठाउने मुद्धामा सबैको एक्यबद्धता रहने गरेको उहाँको भनाई थियो । नेकपा माओवादीकै नितिमा देश चलिरहेपनि आम नागरिककहाँ अन्य दलहरुले झुटा खबर दिएका कारण माओवादी बारे जनता अँझै प्रस्ट हुन नसकेको उहाँले बताउनुभयो । माओवादीले ल्याएको नितिमा अरुले नेतृत्व गर्दा निति अनुरुप काम नभएको भन्दै उहाँले अब माओवादीले नेतृत्व गरे मात्रै जनताले अधिकार प्राप्त गर्ने बताउनुभयो ।

वाइसियलका सबै संंगठनहरुलाई युवा तथा आम जनमानसका मुद्धामा सम्बेदनशिल भएर काम गर्न उहाँले निर्देशन दिनुभयो । साथै जनताको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै आ आफ्ना गतिबिधी बढाउन उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का सदस्य गिरीराज बस्नेत, पुष्कर वली, समन्वय समिति जिल्ला सदस्य देविराम सुनार (अपिल), मिश्रिलाल गुप्ता, योङ कम्युनिष्ट लिग नेपाल वाइसियल दाङ जिल्ला अध्यक्ष माधब बुढाथोकी, नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका उपाध्यक्ष भोगेन्द्र सिंह राजपुत लगाएतले बोल्नु भएको थियो ।

नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग नेपाल (वाइसियल) राजपुर गाउँपालिका सचिव सोमराज खत्रीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका सचिव विष्णु प्रसाद यादव (इतिहास) ले गर्नुभएको थियो ।।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार