नेपाल आइपुगिन्, मिस माल्टा चेरिस स्पीटेरी

उज्यालो प्रतिनिधि १४ श्रावण २०८१, सोमबार उज्यालो फोकस

काठमाडौँ । मिस माल्टा चेरिस स्पीटेरी नेपाल आइपुगेकी छिन् । उनीसहितको टोली सोमबार बिहान नेपाल आइपुगेका हुन् । उनीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालसहितको टोलीले भव्य स्वागत गरे ।

टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि छन् । उनीहरुको साथमा माल्टाका लागि पर्यटन दूत प्रकाश भण्डारी र सुजित बस्याल पनि टोलीमा सामेल छन् ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्ने पर्यटन दूत भण्डारीले जानकारी दिए । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार