अवधि नपुगेका कर्मचारीको सरुवा गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण

उज्यालो प्रतिनिधि १२ श्रावण २०८१, शनिबार उज्यालो फोकस

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले प्रचलित ऐन कानुनविपरीत सेवा अवधि नपुगेका कर्मचारीको सरुवा गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै सङ्गठनले लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई राजनीतिक दबाबका आधारमा ऐन, कानुन र मापदण्डविपरीत सरुवा थमौती नगर्न आग्रह गरेको हो।

राजनीतिक पहुँच नभएका कर्मचारीलाई ऐन, कानुनविपरीत पूर्वाग्रह राखी अन्यायपूर्ण ढङ्गले गरिएका सरुवासम्बन्धी काम कारबाही यथाशीघ्र सच्च्याउन सरकारको ध्यानाकर्षण गराइएको सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिए।

सङ्घीय निजामती सेवा ऐन जारी हुन नसकिरहेको सङ्क्रमणकालीन अवस्थामा स्थानीय तहमा रहेर सेवा प्रवाह गरिरहेका कर्मचारी दोहोरो सहमति साथ प्राप्त निवेदन यथास्थितिमा रहेकाले यथाशीघ्र सरुवासम्बन्धी मापदण्ड बनाई मागबमोजिम सरुवा व्यवस्थापन गर्न सङ्गठनले माग गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार