प्रचण्ड सरकारबाट ठेक्का भइसकेको त्रिवि रंंगशाला निर्माण योजना, जस लिन अघि सरे ओली

उज्यालो प्रतिनिधि १ श्रावण २०८१, मंगलवार उज्यालो फोकस

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ । जबकी यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यस सम्बन्धी सम्पूर्ण काम अगाडि बढाइसकिएको छ ।

सोमबार बसेको ओली नेतृत्वको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

जबकी प्रचण्ड नेतृत्वको सरकारले २०८० साल कार्तिक महिनामा नै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा फ्लड लाइट जडान गर्नका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का गरेको थियो । त्यसअघि नै प्रचण्ड नेतृत्वको क्याबिनेटले यससम्बन्धी सम्पूर्ण कामका लागि बजेटको प्रबन्ध गर्न स्वीकृति प्रदान गरेको थियो ।

प्रचण्ड नेतृत्वको सरकार रहँदै सिनामंगलको एमएसआईपीएल(एएससी पावर जेभीले फ्लडलाइट जडानको लागि ठेक्का पाएको थियो । राष्ट्रिय खेलकुद परिषदले सो कम्पनीसँग सम्झौताको काम समेत अगाडि बढाइसकिएको सन्दर्भमा ओली नेतृत्वको सरकारले पनि यही विषय पहिलो निर्णयको रुपमा अगाडि सारेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार