अनुदान पाएपछि किसान भन्छन् ‘व्यवसायीक कृषकलाई सहकारीसँग जोड्ने माध्यम बन्यो’

शिवु खनाल ३० असार २०८१, शनिबार समाचार

देउखुरी । दाङको लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी हरिनाराण चौधरीले आर्थिक वर्ष ०७९/०८० मा खसि बोका र माउ बाख्रा उत्पादन प्रवधानमा आधारित प्रोत्साहन अनुदानको रकम पाए । उनले यसवर्ष ८५ वटा खसिबोका सहकारी मार्फत विक्री गरि ६१ हजार ३ सय ४८ रुपैयाँ अनुदानको रकम पाउदाँ खुसि व्यक्त गर्नुभयो । कृषकले उत्पादनका आधारमा यसरी रकम पाएको भन्दै, आफूले गरेको मेहनतको मल्याङ्कन भएकोमा आफूलाई निकै खुशी लागेको र यस कार्यक्रमले कृषकलाई धेरै फाइदा हुने कृषक बताए । त्यसैगरी लमही नगरपालिका वडा नम्बर ७ खुटि निवासी पुनम घर्तीले पनि उत्पादन प्रवधानमा आधारित प्रोत्साहन अनुदानको रकम पाए । उनले ६७ वटा खसिबोका विक्री गरि ४४ हजार १ सय ३६ रुपैयाँ रकम पाउनु भएको हो । उनले यसले आफु जस्ता कृषकलाई धेरै सहज भएको बताउनुभयो । यस्तै लमही नगरपालिका वडा नम्बर ८ सतवरिया निवासी कृष्णी चौधरीले पनि ५८ वटा खसिबोका विक्री गरि ५० हजार ९ सय ७५ रुपैँया चेक मार्फत अनुदान रकम पाउनु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगंज स्थित दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले २ सय ३१ जना किसानले ११ लाख १० हजार ७४ रुपैयाँ अनुदान पाएका छन् । बाख्राका लागि चरण क्षेत्रको राम्रो सम्भावना रहेका कारण यो व्यवसाय छिटो फस्टाउँदै गएको हो । किसानले पालेका पशु बिरामी पर्दा फ्यानसेपका प्राविधिकहरुले किसानको घरघरमै पुगेर सहयोग गरिरहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्ती मगरले बताए । उनले सहकारीले कृषकले उत्पादन गरेको खसीबोका खरीद गरी व्यापारीलाई सिधै बिक्री वितरणको व्यवस्था मिलाएको हुदाँ किसानलाई बजारिकरणमा धेरै सहजभएको बताए । किसानले उत्पादन गरेको खसीबोका गाउँबाटै बिक्रीगर्ने र बढीभन्दा बढी मूल्य कृषकले पाउछन् भनेर सहकारी मार्फत खसी बिक्री गर्ने व्यवस्था मिलाइएको उनले बताए । अनुदान पाएका सबै खसिबोका पालन किसानहरु हर्षित छन् । आर्थिक वर्ष ०७९÷०८० मा खसि बोका र माउ बाख्रा उत्पादन प्रवधानमा आधारित प्रोत्साहन अनुदानको रकम वितरण गरिएको छ ।

उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानमा उत्साह छाएको छ । ०७९ साउन १ गतेदेखि ०८० असार ३० गतेसम्म दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट २ सय ३१ जना किसानले ११ लाख १० हजार ७४ रुपैयाँ रकम वितरण गरिएको छ । किसानले सहकारी मार्फत विक्री गरेको खसिबोका प्रतिकिलो २५ रुपैँयाका दरले विक्री गरेको मात्राको आधारमा किसानलाई अनुदान वितरण गरिएको हो । उक्त सहकारी सहकारी मार्फत किसानहरुले १६ सय ५१ वटा खसिबोका विक्री गरिएको थियो । सहकारी मार्फत गतवर्ष १ सय ९९ जना किसानलाई ८ लाख ४९ हजार ६ सय रुपैँया अनुदान सहकारी मार्फत वितरण गरिएको हो । उनले भने,–। ‘किसानहरुले विक्रीगर्न योग्य भएका खसिबोका सहकारीलाई विश्वास गरेर कुरेर बस्नु भएको छ । सहकारी मार्फत खसिबोका विक्री गर्दा प्रोत्साहन अनुदान पाउने भएको हुनाले अहिले किसानहरुले खसिबोका गोठमै स्टक गरेर राख्नु भएको छ । यो अनुदानले वर्खाको सिजनमा गरिब किसानलाई घर खर्च चलाउन निकै सहज भएको छ ।’

केही वर्ष अगाडि परम्परागत रुपमा बाख्रापालन गर्ने यहाँकाकिसान अहिले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन् । दुई÷चारवटा मात्रै बाख्रापालेका कृषकले अहिले ४०/४५ वटा बाख्रापालन गरिरहेका छन् । दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्तीको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य उर्मीला चौधरीको प्रमुख सम्पन्न कार्यक्रममा संस्थाका सहकारीका बजार व्यवस्थापक हरिनारायण चौधरीले कार्यक्रम बारे जानकारी गराएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार