काठमाडौं । सुशासनका पक्षमा रेकर्ड नै रेकर्ड कायम गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट बाहिरिएका छन् ।
२०८० साल पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको तेश्रोकाल ऐतिहासिक बनेको छ । प्रचण्डले तेश्रो कार्यकालमा देशका पक्षमा दर्जनौँ निर्णय गरेका छन्, जुन उनले विश्वासको मत लिने क्रममा संसदमा बताइसकेका छन् ।
ललिता निवासको जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल पक्राउ र अनुसन्धानदेखि सुन काण्डमा भएका निष्पक्ष छानबिनसम्मका काम उनको तेश्रो कार्यकालमा भएका छन् ।
उनी विवादरहित रुपमा सरकारबाट बाहिरिएका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।
उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् ।