‘अर्कै–अर्कैलाई दाइँ हालेका’ एसएसपी दिपक रेग्मीको भिडिओ छरपष्ट

उज्यालो प्रतिनिधि २८ असार २०८१, बिहीबार उज्यालो फोकस

काठमाडौं । नेपाल प्रहरीका एसएसपी दिपक रेग्मीले ‘अर्कै–अर्कैलाई दाइँ हालेको’ भन्दै वार्तालाप गरेको भिडिओ छरपष्ट भएको छ ।

प्रहरी प्रमुखको रुपमा बागलुङ जिल्लामा कार्यरत रहँदै एसएसपी रेग्मीले लगाएको पिरती फेरि पोखरामा सरुवा भएर आउने क्रममा ‘झांगिएको’ छरपरष्ट भिडिओको वार्तालापाबाट प्रष्ट हुन्छ । प्राप्त भिडियो कुराकानी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको बुझिन्छ ।

१३ मिनेट ५९ सेकण्डको भिडिओको बातैपिच्छे अश्लिल शव्द उच्चारण गर्दै रेग्मीले ती महिलासँग पहिल्यैदेखि अन्तरंग सम्बन्ध रहेको पुष्टयाईं गरेका छन् । महिलालाई ‘भाग्यमानी छु भन न’ भनेर उल्क्याएकोमा भिडिओमा देखिएकी ती केटी साथी भन्छिन्, ‘अरुलाई थाहा नभए नि हामी दुईलाई थाहा छ । बिहे गरेर हुने भनेको पनि त्यही नै हो ।’

महिलाले चाहिँ संवादको क्रममा ‘यता यस्तो हुने रहेछ, त्यसैले उता बिग्रेको’ भनेकी छन् । यसबाट महिलाले पहिलो पतिसँग सम्बन्ध बिग्रिएको प्रष्टसँग बुझिन्छ । प्राप्त भिडिओमा दुवैले आ–आफ्नो बेडमा बसेर संवाद गरेको देखिएको छ ।

महिलाले बागलुङमा बर्दीमै भेटेको पनि उल्लेख गरेकी छन् । सोही सन्दर्भमा एसएसपी रातको बेला कफी खान बोलाउँदै भन्छन्, ‘ल, कफी खान आइज भोलि । सिक हुन पाउँदिनस् । तँ सिक हुन्छेस् ।’

महिलाले जवाफ दिन्छिन् ‘म सिक हुन्न ।’

‘तँ एक्लै नआइज । छोरोलाई पनि लिएर नआइज । तेरो गार्जियन लिएर आइज,’ एसएसपीले भनेपछि महिलाले चुप्पा गर्दै जवाफ दिन्छन्, ‘बूढो भेट्न आउँदा नि गार्जियन लिएर आउँछ कोही ?’

प्रहरी अधिकृतले आफूले आँखा नलगाउने खालको महिला लिएर आउन पनि भनेको सुनिन्छ । महिला भने आफू हुँदाहुँदै अरुलाई आँखा लगाउन नपाइने बताउँछिन् ।

वार्तालापको क्रममा रेग्मीले भेट एक महिनामा एक चोटी हुने तर त्यो भेट कडा हुने बताएका छन् । ‘राम्री भएर तयार हुनु’ उनको चाहनारुपी निर्देशन छ ।

गफै गफमा महिलाले पोखरामा अब एउटा ब्वाइफ्रेन्ड बनाउने कुरो गर्छिन् । रेग्मीले पनि आफूलाई अर्की एउटी गर्लफ्रेन्ड खोजिदिन अनुरोध गरेपछि महिलाले ‘मार्दिन्छु’ भन्छिन् र अरुसङ्ग लागेको थाहा पाएमा उनकै पेस्तोल थुतेर हान्ने चेतावनी दिन्छिन् ।

इमोसनल गफमा एसएसपीले महिलाको बहिनीलाई नै पट्याइदिने बताएका छन् । रेग्मीले अश्लिल शब्द बोलिरहँदा महिलाले ‘पट्याएको पट्यै’ भनेको सुनिन्छ ।

बिदाई कार्यक्रम सकेर भोलिपल्ट ११ बजे हिँड्ने जानकारी उनले दिएपछि भिडिओमा महिला रुँदै गरेको देखिन्छ । रेग्मी नरुन आग्रह गर्दै भन्छन्, ‘गल्ती तेरै हो । त्यो केही पनि होइन ।’

बलिन्द्रधारा आँशुु खसाले पनि महिला लामो समयसम्म बोल्दिनन् । रेग्मी भन्छन्, ‘यो विषयमा अब एकरत्ति केही हुँदैन ढुक्क हुनु, कुरो बुझिस् ?’

महिलाले थोपा थोपा मायाँ गर्ने गरेको पनि उनैले वार्तालापमा एकोहोरो बताएका छन् । अर्को एउटा भिडिओमा महिलाले आफू विदेश जाने, हरेक वर्ष यहाँ आउने उल्लेख गर्दै भनेकी छन्, ‘छोरोलाई होस्टेल हाल्ने कि के गर्नेमा तनाव छ ।’

श्रीमानसँगको सम्बन्ध राम्रो बनाउन एसएसपीले आग्रह गर्दा उनले ठाडै इन्कार गरेकी छन् । ‘उसले डिप्रेसनको औषधि मजाले खाइराछ’ प्राप्त भिडिओ १३ मिनेट ८ सेकण्डमा केटीले एसएसपी रेग्मीलाई भनेकी छन्, ‘दाइँ चाहिँ हाले, अर्कै–अर्कैले । अन्तिममा दाइँ अर्कैले हाल्छ, घर लगेर अण्डा पार्ने एउटैले हुन्छ फेरि, जहाँ हो त्यही थुईक्क जिन्दगी…!’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार