राप्तीमा बेपत्ता यादव मृत फेला

शिवु खनाल २४ असार २०८१, आईतवार समाचार

देउखुरीराप्ती नदीमा बगेर बेपत्ता भएका एकजनाको शव फेला परेको छ । दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार विहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बेपत्ता यादवको शव फेला परेको जानकारी दिनुभयो । उहाँले आइतवार विहान ७ : ३० बजेको समयमा बेपत्ता भएको हस्नापुर घाटदेखि करिब एकसय ५० मिटर पश्चिम तर्फ खोलाको बगरमा यादवको शव फेला परेको जानकारी दिनुभयो ।

शनिवार उक्त घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्दार गरेको थियो भने १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीले बगाएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार