‘के–पप वर्ल्ड फेस्टिभल’का लागि अन्तिम चरणको कार्यक्रम भव्यतापूर्वक सम्पन्न

काठमाडौं । सन् २०११मा दक्षिण कोरियाको छाङ्वोन सहरमा पहिलो पटक आयोजना भएको के-पप वर्ल्ड फेस्टिभल हरेक वर्ष आयोजना हुंदै आएको छ। यस वर्ष २०२४ के-पप वर्ल्ड फेस्टिभल अक्टोबर महिनामा कोरियाको छाङ्वोनमा आयोजना हुनेछ। के-पप वर्ल्ड फेस्टिभलको प्रमुख उद्देश्य विश्वभरका के-पप संगित प्रेमीहरुका लागि मनोरञ्जन दिलाउने र कोरियाको आधुनिक संस्कृतीको अनुभुती गराउने रहेको छ। यसै उद्देश्य अनुसार विश्वभर रहेका कोरियाली दूतावासले हरेक वर्ष के-पप क्षेत्रीय प्रारम्भिक राउन्ड आयोजना गर्दछन्।

नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासले सन् २०१६ पश्चात हरेक वर्ष काठमाडौंमा के-पप वर्ल्ड फेस्टिभल आयोजना गर्दै आएको छ। सन् २०१६ मा नेपालमा आयोजना भएको के-पप वर्ल्ड फेस्टिभलमा मङ्गोलियन नाम्जा नामक टिमले प्रथम स्थान हाशिल गरी कोरियामा आयोजना भएको के-पप वर्ल्ड फेस्टिभल कार्यक्रममा अन्तिम चरणमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका थिए।

यस वर्ष, नेपालमा प्रारम्भिक चरणको छनौट प्रक्रिया २०२४ जुन १० तारिख देखि जुन २३ तारिख सम्म अनलाइन मार्फत कार्यक्रम आयोजना गरिएको थियो। ३० भन्दा बढी टीमले आफ्नो रोजाइको एउटा के-पप संगितमा भिडियो मार्फत प्रस्तुती पठाएर प्रतियोगितामा आफ्नो सहभागिता जनाएका थिए। त्यसमध्ये डान्स ग्रुप, डान्स सोलो र भोकल गरी तीन समूहमा १२ टोली छनोट भएका थिए। तिनै क्षेत्रीय प्रारम्भिक चरणमा छनौट भएका टीमले अन्तिम चरणका लागि सन् २०२४ जुलाई ६, तारिख शनिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउंसो २ बजे देखि ४:३० बजे सम्म आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

नेपालको क्षेत्रीय प्रारम्भिक चरणमा छनोट हुने ३ टोली मध्ये, १ उत्कृष्ट नृत्य समूह, १ उत्कृष्ट एकल नृत्य विधा र १ उत्कृष्ट भोकल विधाको पहिलो चरणको फाइनल स्क्रिनिङ कोरियामा हुनेछ। टोलीको प्रदर्शन भिडियो अन्तिम मूल्याङ्कनका लागि कोरिया पठाइनेछ।

गणतन्त्र कोरियाली दूतावासले आयोजना गरेको असार २२ गतेको के-पप कार्यक्रममा हजारौंको संख्यामा युवा पुस्ताको सहभागिता रहेको थियो। कार्यक्रम अवधिभर प्रज्ञा प्रतिष्ठान कमलादीको हल खचाखच भरिएको थियो भने दर्शकहरुले फेरी पनि परफर्म गर्नु पर्यो भन्दै हुटिंग समेत गरेका थिए।

नेपाली युवाहरुमा कोरियन पपप्रति देखिएको आकर्षणलाई महत्व दिदै दक्षिण कोरियाले नेपाली कलाकारलाई यस किसिमका कार्यक्रममा सहभागिता जनाउँने अवसर प्रदान गर्दै आएको छ। नेपाल र दक्षिण कोरियावीच पछिल्लो समयमा जनस्तरको सम्पर्क बढ्दै जाँदा यस किसिमका सांस्कृतिक कार्यक्रहरुले महत्वपूर्ण स्थान लिएको छ। यस्ता कार्यक्रमले दुई देशवीचको सम्बन्धलाई अझ मजबुत बनाउँन सहयोग पुग्ने नेपालका लागि गाणतन्त्र कोरियाली राजदुतावासले जनाएको छ।

उक्त समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित नेपालस्थित गणतन्त्र कोरियाली राजदूतले स्वागत मन्तव्यका क्रममा दुई देशबीच कुटनितीक सम्बन्ध स्थापना भएको ५०औं स्वर्ण जयन्तीका अवसरमा के-पपका साथ साथै कोरियाली भाषा, कोरियाली संस्कृतिको माध्यमबाट कोरिया र नेपालबीच जनस्तरको सम्बन्ध मजभुत हुंदै गएको प्रशंग उठाएका थिए।

गणतन्त्र कोरियाली राजदूत पार्क थेयङज्यू को स्वागत मन्तव्य

आज नेपालमा २०२४ के-पप वल्ड फेस्टिभल आयोजना गर्न पाउँदा हामी निकै हर्षित छौं।

सन् २०१६ बाट हरेक वर्ष नियमित रुपमा आयोजना हुंदै आएको तथा नेपालमा आयोजना भएको सातौं रहेको छ। नेपाली युवाहरु माझमा सबै भन्दा बढी प्रख्यात तथा रुचाईएको र समर्थन पाएको कोरियाली सांस्कृतिक कार्यक्रम हो भन्ने लाग्दछ।

यस वर्षको के(पप वल्ट फेस्टिभल प्राथमिक छनोट चरण पूरा गरेर अन्तिम प्रतिस्पर्धाका लागि १२ टीमले नृत्य र गायनमा उत्कृष्ट प्रतिभा प्रस्तुत गरी छनोट भएकाले उक्त सबै टीमले आज पनि उत्कृष्ट रुपमा क्षमता प्रदर्शन गर्ने अपेक्षाहरू गरिएको छ। सन् २०१६मा नेपालमा छनोट भएको टीमले कोरियाको छाङवोन सहरमा भएको फाइनल चरणमा पुगेर आफ्नो षमता प्रस्तुत गरेका थिए। मलाई आसा छकी यस वर्ष पनि नेपाली टीमले यहि वर्ष आयोजना हुने अन्तिम छनोटका लागि कोरिया जाने अवसर प्राप्त होस भन्न चाहन्छु ।

कोरियाली संस्कृति प्रति नेपाली जनता माझमा एक अद्वितीय सदभाव रहेको छ। विशेष गरी, धेरै नेपाली युवा पुस्तालाई के(पप मात्र नभई कोरियाली भाषा, कोरियन ड्रामा र कोरियाली परिकारका लागि पनि ठूलो लगाव रहेकोछ। कोरियाली संस्कृतिका विभिन्न पक्षहरूलाई सक्रिय रूपमा बढावा दिंदै गएको सुखद अनुभूती साटन चाहन्छु। हाम्रो दूतावासले गत जुन महिनामा आयोजना गरेको हांजिरी जवाफ प्रतियोगिता छनोट चरण, कोरियाली भाषा वक्तित्वकला प्रतियोगिता र कोरियाली संस्कृतिको अनुभव कार्यक्रमहरू मार्फत कोरियाली संस्कृति प्रति नेपाली युवाहरूको सदभाव तथा माया प्रत्यक्ष रूपमा महशुस गर्ने अवसर मिलेको थियो। म यस अवसरको सदुपयोग गर्दै आज यस समारोहमा उपस्थित हुनुहुने सम्पूर्ण आदरणिय महानुभाव तथा, नेपालमा रहनु भएका कोरियाली संस्कृतिका प्रशंसक सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

यस वर्ष कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रो दूतावासले नेपालमा के-पप फ्यानहरू र कोरियन वेभका फ्यानहरूलाई कोरिया प्रतिको सदभाव, कोरियाली भाषा संस्कृति प्रतिको सम्मान लाई मध्यनजर गर्दै थप सांस्कृतिक आदान प्रदान तथा जन स्तरको सम्बन्धविस्तारका लागि दूतावासले विभिन्न संस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने योजनामा रहेको छ। यहांहरुले आगामी दिनमा पनि दूतावासका कार्यक्रमहरूको लागि सदभाव, रुची तथा समर्थन गरिदिनु हुन आग्रह गर्दछु।

अन्तमा, आजको यस कार्यक्रममा पाल्नु भएका सम्पूर्ण महानुभावहरुले भरपूर मनोरञ्जन लिएर सुखद क्षण मिलोस भन्दै यहाँहरु सबैलाई सदा सुखद क्षण र स्वास्थ्य लाभको कामना गर्दछु।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार