खानीखोला सरकारको ऐतिहासिक कदम : गाउँसभामा सहिद परिवारलाई सम्मान

काभ्रे । जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको १५ औँ गाउँसभामा सहिद परिवारलाई सम्मान गरेको छ ।

दश वर्षे जनयुद्धको क्रममा गाउँपालिकाबाट सहिद भएकाहरुको परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो ।

सम्मान प्रदान गरेपछि गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले भने, ‘हामी आज जहाँ छौँ, त्यो सहिदहरुको बलिदानको कारणले सम्भव भएको हो, हामीले उहाँहरुलाई उहाँहरुको परिवारमार्फत् सम्मान गर्ने कुराले नै उहाँहरुप्रति सच्चा सम्मान हुन्छ भन्ने हामीलाई लागेको छ ।’

गाउँपालिकाले जनयुद्धका क्रममा पालिकाबाट सहिद भएका २० जनालाई सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गरेको हो ।

स्थानीय खरिद बिक्री केन्द्र, कफी उत्पादनलाई ग्राह्यता दिँदै गाउँपालिकाले ४९ करोड ४३ लाखको बजेट ल्याएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार