देउखुरी । दाङको लमही नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको बजेट अनुमानित बजेट सार्वजनिक गरेको छ । साेमबार नगरसभामा उक्क्त बराबरको बजेट प्रस्तुत गरिएको हो ।
संघीय सरकारको समानिकरण अनुदान १४ करोड ६ लाख,संघीय राजश्व बाँडफाँड१४ करोड ६ लाख,संघीय सशर्त अनुदान चालुतर्फ २३ करोड ३२ लाख पाँच हजार, पूजिगत तर्फ १० करोड २३ लाख,संघीय सरकार समपुरक अनुदान एक करोड ५० लाख अनुमान गरिएको छ ।
यसैगरी प्रदेश सरकारको ११ करोड ९६ लाख,प्रदेशसरकारको समपुरक अनुदान १० लाख पाँच हजार, प्रदेश राजश्व वाँडवाँड सवारी कर १७ करोड ६९ लाख,अँनतरीक श्रोत ८आठ करोड १४ लाख,स्थानीय राजश्व बाँडफाँडबाट ६ करोड लाख दुइ हजार, प्रदेश सरकारको सशर्त अनुदान १० लाख पाँच हजार,अनुमान गरिएको छ । व्यवयतर्फ भने छलफल बाँकी रहेकाले थप छलफलबाट विनियोजन गर्ने गर्ने जनाइएको छ ।






