HR World Servicesबाट वैदेशिक रोजगार विभागले गर्यो ६ लाखको चेक र कागजात बरामद

काठमाडौं । सर्विया पठाउने नाममा १३ जना युवाहरुलाई ठगी गरेको एचआर वल्र्ड सर्भिसेजमा छापा मारेर वैदेशिक रोजगार विभागको टोलीले चेक र कागजात बरामद गरेका छन् ।

बुधबार बिहान छापा हान्न पुगेको विभागको टोलीले मेनपावरबाट ६ लाखको चेक र वैदेशिक रोजगारसँग सम्बन्धित महत्त्वपूर्ण कागजात बरामद गरेका हुन् ।

‘हाम्रो टोली छापाका लागि एचआर वल्र्ड भन्ने मेनपावरमा पुगेर चेक र कागजात बरामद गरेर ल्याएका छौँ, भोली सोधपुछका लागि मेनपावर संचालक बबि थापालाई विभाग बोलाएका छौँ’ विभागका एकजना अधिकृतले भने, ‘पीडितको राहदानी एचआरका सञ्चालक बबि थापाले बुझेको पुष्टि भइसक्यो, आज हामीले राहदानी भेटेनौँ, उनले आफ्नो एजेन्टलाई बुझाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

विभागले विस्तृत अध्ययन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ । विभागले यस सम्बन्धी छानबिनका लागि एउटा समिति नै बनाएको छ । विभागले पछिल्लो समय सर्वियाको नाममा ठगी बढेको भन्दै एचआरबाट पीडितहरुमाथि कुटपिट भएको घट्नाबारे पनि बुझ्ने बताएको छ । यसबारे भने नेपाल प्रहरीको एक ब्युरोले समेत अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार