काभ्रे । नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल मण्डन देउपुरले गणतन्त्र दिवसको अवसर पारेर सरसफाइ अभियान सम्पन्न गरेको छ ।
पर्यटकीय स्थल नगरकोटमा सयौं युवाहरूको सहभागीतामा वाइसीएलले सरसफाइ अभियान सम्पन्न गरेका थिए । उक्त अभियानमा वाइसीएल नेपालका केन्द्रीय सचिव अभिलास तामाङ , दिपक डोटेल लगायतका नेताहरूको सहभागी रहेका थिए ।
त्यहीँ रहेका होटल व्यवसायीहरुले जथाभावी फोहोर फाल्दा उक्त ठाउँ दुर्गन्धित भएको भन्दै वाइसीएल कार्यकर्ताहरुले व्यवसायीहरुलाई फोहोर जथाभावी नफाल्न समेत अनुरोध गरेका छन् ।
वाइसीएल नेपालको उक्त अभियानलाई महानगरीय प्रहरी प्रभाग नगरकोट-भक्तपुरले पनि साथ दिएका थिए । स्वस्थ वातावरण अरुको लागि नभइ आफ्नै लागि रहेको भन्दै सामुदायिक प्रहरीले साझेदारी गरेका छन् ।
सरसफाइ अभियान सम्पन्न पछि पत्रकारहरुसंग बोल्दै मण्डनदेउपुर नगरपालिकाका अध्यक्ष सन्तोष तामाङले समाजका सबै किसिमका फोहोर फाल्ने दायित्व युवाहरूको काँधमा आएकाले बाटोमा फालेका फोहोर देखि कुर्सीमा बस्ने भ्रष्टसम्मलाई फाल्ने अभियानमा वाइसीएल नेपाल अग्रपङ्क्तिमा रहने बताए ।
माओवादी केन्द्र काभ्रेका विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी र वाइसीएल नेपालले संयुक्तरूपमा बनेपामा गणतन्त्र दिवसको अबसर पारेर दीपप्रज्वलन समेत गरेका छन ।