काठमाडौँ । सरोज गिरी र अनिलले केही तत्वहरु मिलेर आफुहरुविरुद्ध गलत समाचार प्रकाशन गरेकोमा दु:ख व्यक्त गरेका छन । केही अनलाइनहरुले आफुहरुलाई मुछेर ‘काठमाडौंमा उत्पात मच्चाउने टोले गुण्डाहरू पक्राउ, अब तोरीको फूल देख्ने’ शिर्षकमा लेखिएको समाचारप्रती खेद प्रकट गरेका छन ।
समाचारमा काठमाडौंको गल्फुटारमा रहेको रेष्टुरेन्टमा निःशुल्क खान खोज्ने, रेष्टुरेन्टका कर्मचारीलाई कुटपिट गर्ने, अपशब्द बोल्ने, ग्राहकहरूलाई कुटपिट गर्ने जस्ता हर्कत गरेपछि बुढानिलकण्ठ प्रहरीले शुक्रबार पक्राउ गरेको र केही टोले गुण्डाहरू भागेको समाचार उल्लेख थियो । सरोज गिरी स्वच्छ छवी भएका व्यक्ती हुन । सरोज गिरीले थाइल्याण्डबाट मोव थाइ जज र रिफर कोर्स पुरा गरेका व्यक्ती हुन । मुयोथाइ एसोसिएसनका उपाध्यक्ष समेत रहेका उनी वन मल्टिपर्पोज प्रा।ली, वन अटोमोबाइल प्रा।ली, गिरी ट्राभल एण्ड टुर्स र गिरी रियल स्टेट प्रा.लीका सञ्चालक समेत हुन ।
आफु चिनजान र कहिल्यै देख भेट नभएको व्यक्तिसँग नाम जोडेर आफुलाई बदनामित गर्न खोजेको समेत गिरिले बताए । गिरिले भने,’चिनजान र कहिल्यै देख भेट नभएको व्यक्तिहरुसंग नाम जोडेर बदनाम गर्न खोजियो ।’ उनले आफु विरुद्ध गलत समाचार सम्प्रेषण गर्ने अनलाइन विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिने बताएका छन । केही तत्वहरु र समाचार संस्था मिलेर आफ्नो चरित्र हत्या गरेको उनको भनाइ छ ।