सिन्धुपाल्चोक।नेपाल दलित मुक्ति मोर्चा पाँचपोखरी थाङपाल गाँउपालिकाको प्रथम गाउँपालिका भेला तथा प्रशिक्षण कार्यक्रम तिपिनेमा सम्पन्न भएको छ।
उक्त भेलाले ३१ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ,भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का केन्द्रिय सल्लाहकार समिति सदस्य बलराम बि.क को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
नेपाल दलित मुक्ति मोर्चाको पाँचपोखरी थाङपाल गाउँपालिका भेला कार्यक्रममा बिशेष अतिथी समेत रहेका सिन्धुपाल्चोक जिल्ला दलित मुक्ति मोर्चाको सचिव तथा ईन्द्रवति गाँउपालिकाका अनुशासना समितिका अध्यक्ष रबिन्द्र खातिले जनतासँग प्रत्यक्ष जोडिने माध्यम स्थानिय तह भएको भन्दै आगमी निर्वाचनमा सम्पुर्ण दलित समुदाय एकजुट भएर पार्टी लाई जिताउन लाग्नु पर्ने बताए।
सिन्धुपाल्चोकको हकमा नेपाल दलित मुक्ति मोर्चा पहिलो शक्ति भएको र दलित समुदायको हक हितका लागि माओबादी केन्द्र बाहेक अरु कुनै पार्टी नै नभएकोले यहि पार्टीमा एकताबद्द हिसाबले संगठित हुन समेत आग्रह गरेका थिए।
भेलाले अध्यक्ष , उपाध्यक्ष(२), सचिव र कोषाध्यक्षमा क्रमश राजकुमार परियार ,ध्रुब परियार,रामजी परियार ,राम बहादुर सार्की र सरिता रम्तेललाइ चयन गरेको छ।कार्यक्रममा पार्टी गाउँपालिका समिती उपाध्यक्ष दिल बहादुर वाइबा पार्टी जिल्ला सल्लाहकार समिती सदस्य जीत बहादुर खत्री, मोर्चा जिल्ला सदस्य अर्जुन बि क लगायतका नेता हरुको उपस्थितिमा सम्पन्न भएको थियो भने भेलाको अध्यक्षता दिपक परियारले गरेका थिए।






