दलित मुक्ति मोर्चाको मेलम्ची नगर भेला भब्य रुपमा सम्पन्न

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७८, शुक्रबार समाचार

सिन्धुपाल्चोक।नेपाल दलित मुक्ति मोर्चाको नगरपालिका स्तरिय भेला मेलम्ची बजारमा सप्पन्न भएको छ। भेलाले रमेश बि.क “आदेश ” को अध्यक्षता मा ३५ सदस्यीय नगर समिति १३ सदस्यीय नगर सल्लाहकार समिति पनि गठन गरेको छ ।

उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार समिति सदस्य तथा नेपाल दलित मुक्ति मोर्चा केन्द्र को सघ सस्था बिभाग का प्रमुख बलराम बि.क “अन्जान” को प्रमुख आतिथ्यमा र बागमती प्रदेश समिति सदस्य रोहिनी बि.क.”तस्बिर “तथा पार्टी प्रदेश समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सचीव उद्घन आलेमगर “उपेन्द्र “विशेष आतिथ्यतामा सम्पन्न भएको हो। मोर्चा को मेलम्ची नगर भेला सङ्गै सात ओटा स्थानीय तहको भेला सम्पन्न भएको जानकारी दलित मुक्ति मोर्चाका जिल्ला सचिव रबिन्द्र खाती”सरोकार”ले दिनु भएको छ।

पार्टीको नगर समिति अध्यक्ष गोपाल नेपाल “भिम”, उपाध्यक्ष सुदर्शन सापकोटा लगायतका पार्टी नेताहरुको उपस्तिथि रहेको उक्त कार्यक्रम दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुब्बा सुनार, दलित मोर्चाका प्रदेश सल्लाहकार तिलक रोक्काले पनि भेलालाई सम्बोधन गर्नु भएको थियोे ।

भेलाले अध्यक्ष ,उपअध्यक्ष .सचिव .काेषाअध्यक्षमा क्रमशः कमरेडहरु रमेश बि.क “आदेश ” शिब बि.क बिनय र केदार रोक्का र अस्मिता नेपाली लाई पदाधिकारी बनाएको हो,भने २०७४को स्थानीय निर्वाचन दलित महिला कोटा बाट वडा सदस्यका प्रत्यसी महिला सदस्यहरुलाइ नगर समितिमा सदस्यको जिम्मेवारि सहित संगठित गरेको छ नगर सल्लाहकार समिति बिजुले रोक्का मिजार को संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको थियोे ।

यो संगै सिन्धुपाल्चोकमा दलित मुक्ति मोर्चा झनै शक्तिसाली बन्दै गएको मुक्ति मोर्चाका विशिष्ट नेतृत्वले बताएका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार