सिन्धुपाल्चोक।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ११ मा यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट जिल्लाको इन्दावती गाउँपालिकास्थित भोटसिपा जान लागेको बस दुर्घटनामा परेको हो ।
हेलम्बु यातायातको बा २ ख ६५८८ नम्बरको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन । घाइतेहरुको उद्धार जारी छ ।
स्थानिय युवाहरुले घाइतेहरुको उद्धार गरिरहेका छन । दुर्घटना लगत्तै प्रहरीहरु घटनास्थलमा पुगेका छन । घाइतेमध्ये ३ जना गम्भीर भएकालाई धुलिखेल अस्पतालमा उपचारका लागि रिफर गरिएको छ । बाँकी ९ जनालाई बाँडेगाउँ मेडिकल सेन्टर, ११ मा उपचार भइरहेको छ ।
माओवादी केन्द्रका जिल्ला एब इन्द्रावती गाउँपालिका कमिटीका सदस्यहरु आजबाट सुरु भएको सहिद सप्ताहको कार्यक्रमा पुगेर फर्किइरहेका थिए । सो दुर्घटना देखेपछि पार्टीका दीपक न्यौपानेको गाडीमा घाइतेहरुलाई अस्पतालसम्म पु¥याइएको थियो ।
घाइतेहरुलाई अस्पताल पुर्याउन स्थानिय माओवादी केन्द्रका युवा नेताहरु खटिइरहेका छन






