सिन्धुपाल्चोक।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आजबाट देशव्यापी रुपमा सहिद सप्ता सुरु गरेको छ । सहिद सप्ताहको पहिलो दिन सिन्धुपाल्चोकमा पनि सहिद÷बेपत्ताको आगंनीमा भेटघाट कार्यक्रम सुरु भएको छ ।
सिन्धुपाल्चोक जिल्लाका प्रथम सहिद गोविन्द घलेको जन्मस्थन मेलम्ची–९ चांखुबाट कार्यक्रमको सुरु भएको हो । माओवादी केन्दले सहिद सप्ताहभरी शहिद तथा बेपत्ता परिवारको घर आंगनीमा पुगेर भेटघाट तथा सम्मान कार्यक्रम राखेको थियो । सोही अनुसार आज प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सुरु भएको छ ।

प्रथम सहिद घलेको जन्मस्थान चांखुबाट सुरु भएको उक्त कार्यक्रमको सभापति उनकी जीवनसंगिनी भीममाया घले (क. सुनिता) को सभापतित्वमा भयो । कार्यक्रममको प्रमुख आतिथ्यता बागमती प्रदेशका पूव) सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलाल ‘शरद’ ले गरेका छन । कार्यक्रममा विशेष अतिथि बागमती प्रदेश सचिवालय सदस्य चन्द्रंबहादुर थापा (किशोर) रहेका थिए ।

आजबाट सुरु भएको सहिद सप्ताहमा सिन्धुपाल्चोक जिल्लाबाट शहिद भएका १८० जना र बेपत्ता भएका १२ जनाको परिवारसँग भेटघाट गर्ने कार्यक्रम पार्टीले तय गरेको छ ।
कार्यक्रम उद्घाटन गर्दै पूर्वमन्त्री दुलालले जनयुद्धका सहिद र घाइतेहरुको सम्मानको लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।
घलेको २०५३ साल माघ ९ गते हैबुङमा हत्या भएको थियो ।






