काठमाडौ।पुर्ब सामाजिक बिकास मन्त्री,बागमती प्रदेश सभा सदस्य एब नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र)का केन्द्रिय सदस्य माननीय युवराज दुलालले आफ्नो फेसबुक स्टाटस मार्फत सरकारलाई सुझाब दिएका छन् ।
पछिल्लोपटक निक्कै चर्चामा रहेको कालापानी,लिपुलेक र लिम्पियाधुराको सवाललाई लिएर नेपाल-भारतले उक्त जमिन आआफ्नो रहेको दाबी गरिरहेको बेला पुर्ब मन्त्री दुलालले यस्तो अभिव्यक्ति आफ्नो फेसबुक पेज मार्फत सार्बजनिक गरेका हुन।
पुर्बमन्त्री दुलालले भनेका छन् -“कालापानी, लिपुलेक र लिम्पियाधुरा बारे केही धारणा :
पढेर मात्र कमेण्ट गर्नुहोला । चित्त बुझे सेयर गर्नुहोला ।
आज नै नेपाल स्थित भारतीय राजदुताबासले कालापानी, लिपुलेक र सिम्पियाधुराको सिमाका सवालमा भारत आफ्नो पुरानै अडानमा स्पष्ट रहेको, त्यो भूमी भारतकै भएको जानकारी नेपाल सरकारलाई दिईएको सन्देश सहित यस बारेमा थप स्पष्ट हुन चाहे भारत संवाद पनि गर्ने भन्ने सन्देश दिने विज्ञप्ति जारी गरेको छ ।
आजै नेपाली कंग्रेशका महामन्त्री द्वयले नेपाली कंग्रेशको धारणा भनेर एउटा प्रेश नोट पनि जारी गरेका छन् । माओवादी केन्द्र र एमालेले पनि यी क्षेत्र नेपालकै रहेको बारम्बार बोलिरहेका छन् नै । सबै दलको यस बारेमा समान धारणा हो भने किन संयुक्त विज्ञप्ति जारी नगर्ने ?? सबै दलले संयुक्त विज्ञप्ती जारी गर्ने र सरकारले पनि त्यही अनुसार कदम चाल्ने हो भने भारतले खेल्ने ठाउ पाउने छैन र हाम्रो भुमि माथिको दावी र पुन प्राप्ती गर्ने कुरामा पनि बल पुग्नेछ । जबसम्म नेपालका दलहरु र सरकार एउटै आवाज र साझा अभियानका साथ अघि बढ्दैनौं तबसम्म यो भुमी फिर्ता संभव नै छैन र त्यो देशको भुमी माथिको राजनीतिक बेईमानी बाहेक केही हुने वाला छैन । सबैलाई चेतना भया” ।
पुर्बमन्त्री दुलालले यस अघि पनि निकै पेचिलो बन्दै आएको एमसिसिको सवाललाइ लिएर आफ्नो ब्यक्तिगत धारणा सार्बजनिक गरेका थिए।






