सिन्धुपाल्चोक।पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य युवराज दुलालले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावितको तत्कालिन र दिर्घकालिन योजनाको बारेमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सरकार संचालन संयोजक समेत रहेका दुलालले मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलसँग छलफल गर्दै त्यहाँको अस्थायी संरक्षण र दीर्घकालिन योजनाका बारेमा छलफल गरेका हुन् । दुलाल सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य समेत हुन् ।
गत असारमा आएको बाढीबाट प्रभावितहरुसँग दुलाल प्रत्यक्ष सरोकार राख्दै अघि बढिरहेका छन् । बाढी आउनेबित्तिकै सो क्षेत्रमा पुगेर दुलाले आफ्नो सक्रियता देखाएका थिए । प्रदेश सरकारको नीति तथा कार्यक्रममा मेलम्ची बाढीबाट प्रभावितको लागि तत्कालिन योजना बनाउन उनले अर्थमन्त्री जमरकट्टेलसमक्ष लिखित निवेदन नै गरेका छन् ।
साथै उनले एक्सन ओरियन्टेड भएर काम गर्नका लागि सुझाव दिएका छन् ।
मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीले पुर्याएको क्षतिको विवरण संकलन गरेर तत्काल आवश्यक बजेट विनियोजन गर्नका लागि दुलालले पहल गरेका हुन् । मुख्यमन्त्री पाण्डे र अर्थमन्त्री जमरकट्टेलले प्रभावित क्षेत्रको संरक्षणका लाति तत्काल आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका छन् ।
पूर्वमन्त्री समेत रहेका दुलाल निरन्तर आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधिसँग नजिक रहेर समस्या समाधानमा लागिरहेका छन् । लोकप्रिय नेताको छवि बनाएका नेता दुलाललाई निर्वाचन क्षेत्रका जनताले नजिकबाट नियाल्न पाएको सिन्धुपाल्चोकका स्थानियहरु बताउँछन् ।
मेलम्ची र हेलम्बु क्षेत्रमा मात्र नभई बाह्रबिसे, लिखु लगायतका क्षेत्रमा आएको बाढीमा पनि सक्रिय भएर समस्या समाधानमा लागेका थिए ।






