वडा सदस्य घिमिरेको चरित्र हत्या गर्ने प्रयास किन गरियो ?

उज्यालो प्रतिनिधि २३ पुष २०७८, शुक्रबार समाचार

सिन्धुपाल्चोक।इन्द्रावती गाउँपालिका–७ का वडा सदस्य प्रकाश घिमिरेको नाममा केही दिनदेखि सामाजिक सञ्जालमा विभिन्न खबरहरु सुनिइरहेका छन् ।
सोही गाउँपालिका ७ मा स्थायी घर भएका घिमिरेमाथि सोही वडामा बस्ने एकजना स्थानियसँग भएको सामान्य भनाभनको विषयमा खबरहरु सार्वजनिक भएका थिए ।

हामीले सो विषयमा यथार्थ बुझेर यसअघि नै समाचार प्रकाशन गरिसकेका छौं । वडासदस्य घिमिरेको सोही वडाका रामशरण सापकोटासँगको सामान्य भनाभनको विषयलाई लिएर केही संचारमाध्यममा समेत समाचार प्रकाशन भएकोप्रति उनले ध्यानाकर्षण गराएका छन् ।
छिमेकमा भएको सामान्य विषयलाई बुझ्दै नबुझि दुस्प्रचार भएको उनले बताए ।

खासमा भएको के थियो ?
घिमिरे र सापकोटा छिमेकी पनि हुन् । छिमेकीमात्र नभई घिमिरै र सापकोटा आफन्तका नातेदार पनि हुन् ।
इन्द्रावती गाउँपालिकामा हुने हरेकजसो सामाजिक र राजनीतिक कामहरुमा सक्रिय भइरहन्छन्, घिमिरे ।
सानै उमेरमा राजनीतिक र सामाजिक रुपमा छलाङ मारेका घिमिरेको प्रगतिमा विपक्षी दलहरुका उदाउँदै गरेका नेताहरुलाई स्वीकार्न गाह्रो भएको उनीनिकट एक स्थानिय नेताले बताए ।
किनभने, उनी वडा सदस्यमा निर्वाचित भइसकेपछि निरन्तर सामाजिक रुपमा सक्रिय छन । गाउँटोलमा भएको सामान्य भनाभनको विषयलाई अतिरन्जित गर्न खोजिएको प्रष्ट भएको छ ।
सबैजसो बाटोमा भेटिएका वृद्ध र बालकहरुसँग जनप्रतिनिधिको रुपमा उनले लोभलाग्दो व्यवहार गरेको त्यहाँका स्थानियहरु बताउँछन् ।सबैजसो कार्यपालिकाबाट बोलाइएको बैठकमा उपस्थित भएर विकास निर्माणका कामम शसक्त आवाज उठाउनेमध्येका एक हुन उनी ।
गाउँपालिकाभित्रका विद्यालय, खेलकुद, स्वास्थ्य लगायतका विषयहरुमा उनी जानकार मात्रै छैनन, जिम्मेवार कार्यकर्ताको रुपमा उदाइरहेका छन् । नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका घिमिरेले जिल्लातहसम्म पनि राम्रो प्रभाव पारेका छन्।
त्यही कारणपनि विपक्षी दलका नेताहरुको आँखामा घिमिरे परेका हुन् ।
छिमेकीमा हुने सामान्य भनाभनको विषयलाई लिएर गरिएको सामान्य विषयलाई ठूलो बनाएर प्रचार गरिएकोमा पीडित भनिएका सापकोटा नै दुःखी भएका छन् ।
राजनीतिक प्रतिशोधका आधारमा लगाइएको आरोपमात्रको रुपमा उनैले हामीसँग स्वीकार गरेका हुन् । उनले भने, ‘हाम्रो समान्य भनाभनको विषयमात्र हो । राजनीतिक प्रतिशोधका आधारमा मिडियामा समाचार नै आउनुले चाँही म पनि दुःखी भएको छु ।’

के भन्छन् घिमिरे ?
बुझ्दै नबुझि दुस्प्रचार गरिएको उनको भनाई छ । ‘बुझ्दै नबुझि दुस्प्रचार गर्न खोजियो । सामान्य विषयमा केही भनाभन भएको थियौ । पिट्ने, हात हाल्ने भनेर कुनै काम भएको थिएन् । पीडितसँग कुरा गर्दा हुन्छ ।’ घिमिरेको गुनासो छ ।
्‘उहाँ मेरो नजिकको छिमेकी मात्र होइन। न्जिकको नातेदार पनि हो ।संगै सुत्दा खुट्टा लाग्छ भने झै सामान्य भनाभन भएको हो । यही विषयलाई लिएर राजनीतिक व्यक्तिहरुलै मेरो राजनीतिक र सामाजिक चरित्रको हत्या प्रयास गरिएको हो ।’
पीडित भनिएका सापकोटा सँगको फोन सम्पर्क गर्दा उनले पनिसामान्य भनाभनमात्र भएको बताए । ‘हामीबीच सामान्य भनाभन भएकौ हो । मिडियामा आउनुपर्ने विषय होइन् ।’ उनले भने ।
आफ्नो सामान्य विषयलाई लिएर राजनीतिक प्रतिशोध साँध्न खोजिएको उनले बताएका छन् ।
उक्त विषयलाई लिएर दुःखित हुँदै घिमिरेले हामीसँग भने,‘हामी समाजका निम्ति बाचेका मान्छे हौ तथापि सामान्य आलोचना सहन सक्छौं । तर राजनीतिक प्रतिशोध राखेर गरिएको चरित्र हत्या खेदजनक छ, नकारात्मक सोच र चिन्तनले गरिएको दुसप्रचार प्रती कोहि भ्रममा समेत नपर्न अनुरोध गर्दछु ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार