व्यवसायिको लागी खोप माग्दै बाणिज्य संघ लमही

शिवु खनाल ८ श्रावण २०७८, शुक्रबार समाचार

दाङ । दाङको देउखुरी उद्योग वाणिज्य संघ लमहीले व्यापारीहरुलाई कोरोना विरुद्ध भेरोसेल खोप उपलब्ध गराईदिनका लागि दाङका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ । संघका अध्यक्ष खगेश्वर खनाल र उपाध्यक्ष केशबराज पोख्रेलले पहिलो पटक उपलब्ध गराएको भेरोसेल खोप अपुग भएपछि अपुग भएको थप खोप उपलब्ध गराइदिनका लागी प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्लाई आग्रह गरिएको हो ।

शुक्रवार लमहीका सम्पूर्ण व्यापारीलाई पुग्ने गरि खोप उपलब्ध गराई दिन भन्दै प्रजिअ राम बहादुर कुरुम्बाङलाई आग्रह गरेको अध्यक्ष खनालले बताउनुभयो । अघिल्लो पटक संघलाई ५० वटामात्र भाइल उपलब्ध भएको थियो, तर सबै ब्यापारीलाई नपुगेका कारण फेरि हामीले ब्यापारीलाई खोप उपलब्ध गराई दिन प¥यो भनेर अनुरोध गरेका छौं, सिडियो सापले सकारात्मक जवाफ दिनु भयो, अध्यक्ष खनालले भन्नुभयो । संस्थाले सबै उद्योगी ब्यापारीहरुलाई सहजै खोप उपलब्ध गराउने बताउदै केही समय धैर्य गर्नुपर्ने देउखुरी उद्योग बाणिज्य संघ लमहीका उपाध्यक्ष केशवराज पोख्रेलले बताउनुभयो ।

हामीले कसैलाई छुटाउदैनाँै प्रशासनले उपलब्ध गराएसम्म सबैलाई खोप सहजै दिने वातावरण गराउन हामी पनि लागि परेका छौं, उपाध्यक्ष पोख्रेलले भन्नुभयो । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सकेजति पहल गरेर खोप उपलब्ध गराउने बताएको उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार