लमही कोइलाबास हुलाकी राजमार्गको सल्याप्स कल्भर्ड भाचिँयो, सडक अवरुद्ध

शिवु खनाल ७ श्रावण २०७८, बिहीबार समाचार

दाङ । दाङको लमही कोइलाबास हुलाकी राजमार्ग सडक खण्ड अन्तरगत गढवा जोड्ने सल्याप्स कल्भर्ड भाचिदा हुलकी राजमार्ग अवरुद्ध भएको छ । बाँया पट्टीको भाग करिब १ फिट तल सल्याप्स कल्भर्ड लच्किएको छ । लमही कोइलाबास हुलाकी राजमार्ग सडक खण्ड अन्तरगत लामो दुरीका यात्रु अपलत्र परेका छन् । लमही नगरपालिका वडा नम्बर ५ कोलही गाउँ नजिकै रहेको बगै सोता खोलाको सल्याप्स कल्भर्ड बुधवार अपरान्ह पौने तीन बजेको समयमा गढवादेखि लमहीतर्फ गैरहेको मालबहाक टिप्परले पुल क्रस गरे लगत्तै सल्याप्स कल्भर्ड भाचिएको प्रत्यक्षदर्शी किसन भट्टराईले जानकारी दिए ।

सल्याप्स कल्भर्ड भाचिए पनि लच्किएको ठाउँबाट जबरजस्ती सवारीसाधन गुडाउँदा दुर्घटनाको खतरा बढेको छ । अहिले उक्त सडक भएर गढवा तर्फ जाने र लमही तर्फ आउने ठप्प भएपछि सवारीसाधन बनगाउँ भएर जानू पर्ने बाध्यता भएको छ । लमही गढवा जोड्ने सल्याप्स कल्भर्ड भासिएपछि अहिले सवारीसाधन आवागमन पूर्णरुपमा बन्द गरिएको छ । रूखका झार र ढुंगाा थुपारेर बाटो बन्द गरिनुका साथै आगमनमा रोक लगाइएको छ । लमही कोइलाबास जोड्ने सल्याप्स कल्भर्ड निर्माण भएसँगै ती दुई पालिका क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।

यता वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब उपरिक्षक पुरान मल्लले सल्यापस कल्भर्डमा पहरा दिइरहेको जानकारी दिनुभयो । मर्मत सम्भारमा ध्यान नदिदा र दिनहुँ मालबहाक टिप्पर आवतजावत गर्दा लमही कोइलाबास हुलाकी राजमार्ग सडक खण्ड अन्तरगत गढवा जोड्ने सल्याप्स कल्भर्ड भाचिएको स्थानीयहरुले बताए । लमही गढवा जोड्ने धेरै पुरानो सल्याप्स कल्भर्ड हुनु र आवश्यक भन्दा बढि र क्षमता भन्दा बढि मालबहाक टिप्पर सल्याप्स कल्भर्डबाट हिड्दा भाचिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

आवागमन बन्द भएपछि सयौं सवारी अलपत्र छन् । अस्थाई ट्राफिक पोष्ट कार्याल लमहीका अनुसार उक्त राजमार्ग भएर दैनिक दुई हजारभन्दा बढी गाडी गुड्छन् । यता दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले सल्याप्स कल्भर्ड भाचिएको स्थानबाट सवारी चलाउन मिल्ने नमिल्ने र भासिएको सल्याप्स कल्भर्ड तत्कालै मर्मत प्रयासको लागी हुलाकी सडक आयोजना विभागमा जानकारी गराए । उनले सवारी साधनको लागि बैकल्पिक बाटो निमार्ण कार्य अगाडि बढाइएको बताए ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार