युएमएनद्वारा स्वास्थ्य सामग्री प्रदान

उज्यालो प्रतिनिधि १९ जेष्ठ २०७८, बुधबार फोटो समाचार

काठमाडौँ । नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकार संस्था युनाइटेड मिसन टू नेपालको यहाँस्थित कलस्टरले बोगटान फुड्सिल गाउँपालिकालाई रु १३ लाख २५ हजार ४०३ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकालाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा एन्टिजेन किट २५० थान, सर्जिकल मास्क तीन हजार, ग्लब्स एक हजार, स्यानिटाइजर पाँच लिटर १० थान, १० लिटर ३० थान, एक लिटर ७५ थान, त्यसैगरी थर्मामिटर १२, पिपिई सेट २४, नेबुलाइजर १२, के.एन नाइन्टी फाइब मास्क ४००, हस्पिटल श्यया १२, ४० केजी अक्सिजन १०, अक्सिजन कन्सन्टे«टर पाँच लिटरको दुई थान र फेस सिल्ड ३० थान रहेको संस्थाका टोलीनेता विशालबाबु श्रेष्ठले जानकारी दिए ।

जिल्लामा दोस्रो चरणको कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण तीव्र रुपमा बढिरहेको र उपचार गर्नमा समस्या भइरहेको अवस्थामा उक्त संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेपछि अब गाउँका नागरिकलाई उपचार गर्नमा सहज हुने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।

यसैगरी युएमएनले बोगटान फुड्सिलसँगै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तयारी गरिरहेको जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार