घुन्सामा बिरामी बढ्दै

उज्यालो प्रतिनिधि १२ जेष्ठ २०७८, बुधबार फोटो समाचार

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ घुन्सा गाउँमा केही दिनदेखि बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

समुन्द्र सतह देखि तीन हजार ५०० मिटर उचाइमा अवस्थीत घुन्सा गाउँमा दिन दिनै बिरामी बढ्न थालेको स्थानीय पेमा शेर्पाले बताए । प्रत्येक घरमा बिरामी रहेको उनले भएको बताए । उनले भने, “कोरोना जस्तै लक्षण छ, तर परिक्षण कसैले गरेको छैन् । यहाँ आएर कसले परीक्षण गरिदिन्छ ।” कोभिड नै हो की भनेर डर लागिरेको शेर्पाले बताए ।

कोभिड—१९ को सङ्क्रमण बढ्दै गएसँगै हिमाली बस्ती घुन्सामा पनि लक्षण कोभिडकोजस्तै बिरामी देखा परेको स्थानीय टाँसी तेन्जीङ शेर्पाले बताए । केहि दिन देखि घुन्सावासीमा रुघा खोकी, टाउँको दुख्ने, छाती दुख्ने, ज्वोरो आउँने, वान्ता लाग्ने र पखाला लाग्नेजस्ता लक्षणका बिरामी बढ्दै गएको घुन्सा स्वास्थ्य एकाइ कार्यालयका प्रमुख अहेव प्रविन राईले जानकारी दिए । उनले भने, “निको पनि हुर्दै छन् । केही दिन अगाडि प्रायः सबै घरमा बिरामी देखिएको थियो, अहिले पनि २५ घरमा बिरामी छन् ।” रुघा खोकी, ज्वोरो, पखाला लाग्ने औषधिहरु दिँदै आएको राईले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार