रोल्पामा राष्ट्रिय जनगणना,२०७८ को जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न

उज्यालो प्रतिनिधि २० चैत्र २०७७, शुक्रबार फोटो समाचार

रोल्पा । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औं राष्ट्रिय जनगणना सुरु हुने भएपछी रोल्पामा स्थापना गरिएको जनगणना कार्यालयले गणनालाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । बिहीवार जिल्लामा राष्ट्रिय जनगणना,२०७८ को जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य तथा जनगणना सम्बन्धी कार्यपत्र प्रस्तुत जिल्ला जनगणना अधिकारी डोर बहादुर बस्नेतले गरेका थिए । उनले जनगणना के हो र यसको आवश्यकता र प्रयोग, जनगणनाको इतिहास, राष्ट्रिय जनगणना २०७८ मा जनगणना सम्बन्धी गरिने कृयाकलाप,जनगणना २०७८ को बिशेषताहरु, जनगणना सञ्चालनको कानुनी प्रावधान,संस्थागत व्यवस्था,जनगणनाको प्रचारप्रसारको तयारी,जनगणनामा विभिन्न संघ संस्थाहरुले गर्ने सहयोग, जनगणनामा पालना गर्नुपर्ने आचरण, जनगणनाका लागि रोल्पा जिल्लामा गरिएका कार्यलय स्थापना पश्चात हालसम्मका कृयाकलापहरुको बारेमा बताएका थिए ।

कार्यक्रममा रोल्पाबाट राष्ट्रिय जनगणनाको लागी सुपरिवेक्षक र गणक पदमा १ हजार ९ सय ४० जनाको दरखास्त परेको र जसमध्ये १७३१ जनाको दरखास्त पेश भएको र २०९ जनाको दरखास्त ड्राफ्टमा बसेको जिल्ला जनगणना अधिकारी डोर बहादुर बस्नेतले जनाए । जसमा  १००१ जना महिला, ७२९ जना पुरुष र १ जना अन्य लिंङ्गीको दरखास्त परेको छ ।

रोल्पा जिल्लाको लागि जनगणना कार्य सम्पन्न गर्न ७५ जना सुपरिवेक्षक र २८४ जना गणक आवश्यक रहेको जिल्ला जनगणना अधिकारी बस्नेतले जानकारी दिए ।

प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख राजबहादुर बुढाले राष्ट्रिय जनगणना २०७८ को बारेमा जानकारी गराउँदै  ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ गणना सम्बन्धी प्रचारप्रसार कार्यलाई जिल्लाको स्थानिय स्तरसम्म व्यापक बनाउनुका साथै जिल्लामा रहेका जातजाती,भाषा,धर्म,अपाङ्ग ,लैङगिक तथा पिछडिएका वर्गहरुलाई समेत नछुटाउने र सबैको पूर्ण सहभागीता गराउने तथा सहि तथ्याङ दिने र दिन प्रोत्साहित गर्न सबैको बिशेष जिम्मेवारी रहेको बताए । उनले जनगणनाको महत्व र आवश्यकताको बारेमा समेत स्पष्ट पारे ।

प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका अध्यक्ष नरेन्द्र कुमार रानाले जनगणना राष्ट्रिय महत्वको बिषय भएकोले राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न रोल्पा जिल्लामा रहेका विभिन्न निकायहरु,राजनितिक दल,सञ्चारकर्मी,बुद्धिजिवी लगायत सबैको सहभागीता र सहयोगको आवश्यकता रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र कुमार रानाज्युको अध्यक्षता,प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख श्री राजबहादुर बुढा,विशेष अतिथि रोल्पा नगरपालिकाका प्रमुख श्री पूर्ण के.सी.ज्युको समुपस्थिति, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न निकायका प्रमुख एवं प्रतिनिधि,संचारकर्मीहरु,महिला स्वास्थ्य स्वयम्सेविकाहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको व्यवस्थापकिय पक्षको जिम्मेवारी लेखापाल सितराम पुन मगर र खरिदार कृष्ण बहादुर गुरुङले निर्वाह गरेका थिए ।

कार्यक्रमको सञ्चालन भने सहायक जिल्ला जनगणना अधिकारी भरत मणी ओलीले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार