काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड्-१९) का कारण छिमेकी मुलुक भारतमा हालसम्म ३ हजार १५६ जनाले ज्यान गुमाएका छन । संक्रमितको संख्या १ लाख नाघेको छ ।
वल्डोमिटर्सको अनुसार एकैदिन कोरोनाका कारण १५६ जनाभन्दा बढीको मृत्यु भएको छ भने ४ हजार ९ सय भन्दा बढी संक्रमित फेला परेका छन् ।
कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ ।
संक्रमितमध्ये ३९ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । अरु देशहरुको तुलनामा भारतमा मृत्युदर काम रहेको छ ।






