धनुषाको वैदेहीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते

उज्यालो प्रतिनिधि २० असार २०८२, शुक्रबार उज्यालो फोकस

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित वैदेही दुहबीमा सशस्त्र प्रहरी बल (एपीएफ) र तस्कर समूहबीच बिहीबार साँझ तनावपूर्ण भिडन्त भएको छ। भिडन्तमा परी ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार तस्करीको सामान लुकाएर राखिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। तर प्रहरी पुग्नासाथ तस्करहरूको समूहले ढुङ्गा र लाठीहातियारसहित आक्रमण गरेका थिए।

घाइते प्रहरीलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ। अहिले उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।

सशस्त्र प्रहरीले तस्कर समूहको खोजी तीव्र पारिएको जनाएको छ। यता स्थानीय प्रशासनले पनि घटनाको विस्तृत छानबिन सुरु गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार