विप्लव समुहको गोली लागेर पहिलोपटक प्रहरीको मृत्यु, विप्लवका इन्चार्ज पनि मारिए

२५ असार २०७६, बुधबार ०५:५६ मा प्रकाशित
उज्यालो संवाददाता

भोजपुर । भोजपुर सदरमुकाममा सदरमुकामको हटिया लाइनमा विप्लव समुह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भिडन्त हूँदा पहिलोपटक विप्लव समुहको गोलीबाट प्रहरी जवान सन्जीव राईको मृत्यु भएको छ ।

त्यसैगरी विप्लव समूहका ओखल्ढुंगाका इन्चार्ज निरकुमार राईको पनि मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको थियो ।

भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।


सामाजिक संजालवाट साभार